arrow

अर्घाखाँचीका युवाले बुझाए नरभक्षी चितुवा नियन्त्रणको मागसहित ज्ञापनपत्र

logo
घनश्याम पौडेल,
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
sakti-basnet.jpg

काठमाडौं । अर्घाखाँची जिल्लालामा नरभक्षी चितुवाको बढ्दो आक्रमण लाई गम्भीर रुपमा लिने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।

अर्घाखाँची जिल्लामा बाघको आक्रमणबाट भएको क्षतीलाई गम्भीर रुपमा लिएको मन्त्री बस्नेतले बताए । बस्नेतले मानिस भन्दा ठुलो केहि हुन सक्दैन, लगातार मानिसको आक्रमण मृत्यू हुनु गम्भीर विषय भएको भन्दै जिल्ला प्रशासन र वन कार्यालयसँग जानकारी लिइ समस्याको समाधान गर्न गम्भीर ध्यान जाने बताएका छन् । उनले नरभक्षी चितुवाको आक्रमण क्षेत्रमा समय मिलाएर अनुगमन गर्ने बताए ।

काठमाडौं बसोबास गर्ने अर्घाखाँची जिल्लाका युवाहरुले नरभक्षी चितुवा नियन्त्रण गर्न माग गर्दै बुधबार मन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएका हुन ।

अर्घाखाँचीमा बिगत ५ बर्षको समयमा चितुवाको आक्रमणबाट १५ जना बच्चाले ज्यान गुमाई सक्दापनी सम्बन्धीत निकायले ध्यान नदिएको भन्दै ध्यानाकर्षण गराइएको हो ।

ज्ञापनपत्र बुझाउँन युवा व्यवसायी शिवदेव पाण्डे, पत्रकार घनश्याम पौडेल, सचिन पाण्डे, ठाकुर पन्थी, भेषना क्षेत्री, सुदन पाण्डे लगाएतको टोलिले ज्ञापनपत्र बुझाएका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ