arrow

सचिव नहुँदा स्थानीय सरकारको सेवा प्रवाह प्रभावित

logo
जीवन शर्मा,
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
okhaldhunga.png

ओखलढुंगा ।  ओखलढुंगाका स्थानीय तहमा कर्मचारी अभाव भएपछि सेवा प्रवाह र कार्यसम्पादन प्रभावित हुँदै आएको छ । अहिले आठ स्थानीय तहका ७५ वडामा २८ जना सचिवले काम चलाउदै आएका छन् । वडा सचिव नहुँदा स्थानीय तहबाट दैनिक सेवा प्रवाह प्रभावित हुने गरेको हो । यसले विकासे काममा समेत प्रत्येक्ष असर परेको स्थानीय तहका अधिकारीहरुले गुनासो गरेका छन् ।
 
 लिखु गाउँपालिकाका कुनै पनि वडामा वडा सचिव नै छैनन् । ९ वटा वडा रहेको उक्त गाउँपालिकामा वडा सचिवका लागि केन्द्रमा पटक–पटक ताकेता गर्दा पनि पार नलागेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेलले बताए । गाउँपालिकामा वडा सचिव नहुँदा वडा सचिवले गर्ने कामका लागि कार्यविवधि बनाएर करारमा सहायक कर्मचारीको  नियुक्ति गरेर  वडा सचिवको जिम्मा दिइएको प्रमुख पौडेलले बताए ।   लिखु गाउँपालिकाभरि विभिन्न पदका १ सय १६ जना कर्मचारी अभाव रहेका गाउँपालिकाले जनाएको छ ।

त्यस्तै खिजीदेम्बा गाउँपालिकामा आठ वडामध्ये २ वडामा मात्रै वडा सचिव छन् । गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाका अनुसार वडा सचिव नहुँदा पञ्जिकरण, योजना सम्झौता तथा विभिन्न प्रशासनीक काम प्रभावित हुँदै आएको छ । १० वटा वडा रहेको चम्पादेवी गाउँपालिकामा ३ जना वडा सचिव छन् । यस्तै मानेभञ्ज्याङ गाउँपालिकामा ९ वडामध्ये २ वडामा मात्रै वडा सचिव छन् । वडा सचिव नहुँदा सुनकोसी गाउँपालिकाले करारका कर्मचारी तथा वडाध्यक्षबाटै कार्य सम्पादन गरिरहेको छ ।

१० वडामध्ये यो गाउँपालिकामा ३ वटा वडामा मात्रै वडा सचिव भएको गाउँपालिका अध्यक्ष रूद्रप्रसाद अधिकारीले बताए । यस्तै सिद्धिचरण नगरपालिकामा १२ वडामध्ये ४ वटा वडामा वडा सचिव छैनन् । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा भने ८ वडामध्ये ८ वटै वडामा वडासचिव रहेका छन् । वडा सचिव नभएका वडाहरूमा उनीहरूले गनुपर्ने सरजमिन मुचुल्का, अभिलेख दर्ता, घटना दर्तालगायतका काम समेत वडाध्यक्षले नै गर्नुपर्ने अवस्था आएको वडा अध्यक्षहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ