arrow

सीमा क्षेत्रबाट खैरो हिरोइनसहित २ जना पक्राउ

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
punarbas_nagarpalika_map.png

पुनर्वास । कञ्चनपुरको दक्षिणी सिमान्त क्षेत्र पुनर्वासमा लागू औषध ओसारपसार नियन्त्रणमा सकृय बनेको नेपाल प्रहरीले जिल्लामै अहिलेसम्मकै ठूलो परिणाममा खैरो हिरोइन सहित २ जना युवालाई बुधबार नियन्त्रणमा लिएको छ । 

 बुधबार धनगढी बेलौरी सडक खण्डको पुनर्वास नगरपालिका १० स्थित दोंदा पुलबाट १० ग्राम खैरो हिरोइन सहित २ जना युवालाई ईलाका प्रहरी कार्यालयको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

कैलालीको गोदावरी नगरपालिका ३ घर भएका वर्ष २० का प्रमोद चौधरी र धनगढी उपमहानगर पालिका बस्ने वर्ष २० का सुभाष रानालाई १० ग्राम खैरो हिरोईनसहित प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायव निरीक्षक गणेश खडायतले बताए ।
 
 पुनर्वासदेखि धनगढीतर्फ लुकाई छिपाई लैजाँदै गरेको खैरो हिरोईनसहित राना र चौधरीलाई उनीहरुले प्रयोग गरेको से १ प ७६१७ नम्बरको मोटरसाइकल 
समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

झन्डै एक साताअघि चरेश ,लागूऔषधका रुपमा प्रयोग गरिने ट्याब्लेट पक्राउ गरी अभियानलाई तिब्र बनाउँदै आएको प्रहरीले पुनर्वासमा एकपछि अर्को सफलता पाउँदै आएको छ । 

न्यून जनशक्तिकै भरमा परिचालित प्रहरीले सीमा क्षेत्रमा हुने गरेका अपराधिक गतिविधि नियन्त्रणमा सक्रियताका साथ अघि बढीरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कर्णबहादुर बमले बताए । 

बुधबार प्रहरीले खैरो हिरोईन सहित  नियन्त्रणमा लिएका चौधरी र रानालाई बिहीबार बिहान कञ्चनपुर जिल्ला अदालतमा पेश गरिने ईलाका प्रहरी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ