arrow

युवा पुस्ता तीन बुँदामा रहेर निर्णय गर्दैछ – गुरुराज घिमिरे

शुक्रबार नै फाइनल हुन सक्ने

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
gururaj-ghimire.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले युवा पुस्ता तीन बुँदामा रहेर निर्णय गर्दै गरेको बताएका छन् । काँग्रेस सिंगो पार्टी नै संगठित भएर अगाडि बढ्न नसकिरहेका बेला काँग्रेसको तेस्रो पुस्ताले तीन बुँदालाई निचोडमा पुर्याउन एक जुट भएको हो । 

बुधबार भएको बैठकमा तीन बुँदामा छलफल गर्ने निर्णय भएको बताउँदै घिमिरेले शुक्रबार बस्ने बैठकले अन्तिम रुप दिने बताए । 

नेविसंघको विवाद समाधान, महासमिति बैठक र महाधिवेशनका विषयमा निचोडमा पुगिने उनले बताएका छन् । 

नेता घिमिरेले अग्रज नेताहरु आदरणीय भएकाले सदैव सम्मान गर्ने बताउँदै अब युवा पुस्ता कसरी अगाडि बढ्ने भन्ने विषयमा आफूहरु गम्भीर भएर लागेको बताए । 

उनले गुटउपगुटमा युवाहरु फस्नु हुन्न भनेरै सशक्त भूमिका खेल्नका लागि अगाडि सरेको बताए । उनले को कुन गुटको भनेर आलोचना गर्नुभन्दा अब युवाहरु एक जुट भएरै अगाडि बढ्ने बेला आएको समेत स्पष्ट पारे । 


उनले यसअघि पनि केन्द्रीय समितिमा ५१ पृष्ठको संयुक्त प्रतिवेदन बुझाइसकेकाले अब पनि केही थपघट गर्नुपर्ने छ कि भनी सल्लाह हुने बताए । 

काँग्रेसले सडकदेखि संसदसम्म सशक्त भूमिका खेल्न नसकिरहेका बेलामा युवाहरु नै काँग्रेसलाई अगाडि बढाउन अग्रसर हुनुपर्ने भएकाले आफूहरु सक्रिय भएको समेत उनले बताएका छन् । 
उनले शुक्रबार दुई घण्टा बैठक बस्दै गरेको र त्यही बैठकको छलफलले नेविसंघको विवाद समाधानका लागि पहल गर्ने नेता घिमिरेले बताए । 

मंसिर अन्त्यतिर महासमिति बैठक बस्दै गर्दा त्यसका लागि विधान संशोधनदेखिका विषयलाई सशक्त बनाउन पनि विशेष पहल भइरहेको नेता घिमिरेले बताए । 

यसअघि युवा नेताहरुको पहिलो बैठक बुधबार बसेको थियो । कांग्रेस युवा पुस्ता नेतृत्वमा पुग्ने गरी तात्यो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ