arrow

सात वर्षीया बालिकामाथि यौनहिंसा, आरोपी युवक पक्राउ 

logo
सीता डोटेल 
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
child-rape.jpg

पाल्पा । पाल्पाको रामपुर नगरपालिका ४ मा ७ बर्षे बालिका बलात्कृत भएकी छ्न् । आमा काममा गएको मौका छोपेर उनकै घरमा बालिकालाई बलात्कार गरेको आरोपमा भारत बेतियारका २२ बर्षका कौशर मियालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ ५ बजेतिर बालिकालाई बलात्कार गरी भाग्दै गरेको अबस्थामा मियालाई प्रहरीले पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए । 

मिया कोठा भाडामा बसेर ज्याला मजदुरी काम गर्दै आएको प्रहरीले जनाएको छ । 

बालिकाको आमा घर आएको सुइको पाएलगतै भागेका मियालाई स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मियालाई बिहीबार नै जिल्ला लगेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ