कांग्रेस नेता खड्काले चिकित्सकको टोली बोलाएर दुर्घटनाका घाइतेलाई गाउँमै उपचार गराउँदै
खेमराज दाहाल
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
374
Shares
उदयपुर। नेपाली कांग्रेसका नेता तथा सांसद डा नारायण खड्काले केही दिनअघि उदयपुरको बेलका नगरपालिका ८ रंगमहलमा ट्याक्टर दुर्घटनामा परी घाइते भएकाहरूलाई गाउँमै चिकित्सकको टोली बोलाएर उपचार गराइरहेका छन्। ट्याक्टर दुर्घटनापछि घाइते भएकाहरूलाई उपचारको लागि बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठिान धरानमा उपचार लगिएको थियो।
केही दिनको उपचारपछि डिस्चार्ज भएर आएका धेरै घाइतेहरुको चोटमा पुनः संक्रमण देखिएपछि डा खड्काले आफ्नै पहलमा थप उपचारका लागि वीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानबाट विज्ञ टोली झिकाई घाइते बिरामीहरुको गाउँमै उपचार गराएका हुन्। डा खड्काको अनुरोधमा चिकित्सक टोलीले पुरन्दह स्वास्थ्य चौकीमा थप सेवा दिएका छन्। गत आइतबार वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो भने ३५ भन्दा बढी घाइते भएका छन्।
२० वर्षीय इन्द्र चौधरी, २० वर्षीया दीपिका चौधरी र १९ वर्षीया बिनिता चौधरीको दुर्घटनामा परी मृत्यु भएको थियो।