arrow

कांग्रेस जिल्ला सभापतिको बैठक स्वर्गद्वारीमा 

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
congress-district-president.jpg

प्युठान । प्रदेश पाँच अन्तरगत पर्ने नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको बैठक प्युठानको स्वर्गद्वारीमा जारी रहेको छ । बिहीबारदेखि दुई दिनसम्म चल्ने बैठकमा राष्ट्रिय राजनीति, महासमितिको बैठक, बिधान मस्यौदा संशोधन लगायतका बिषयबस्तुमा छलफल हुने नेपाली काँग्रेस रोल्पाका सभापति अमर पुनले जानकारी दिए ।

राष्ट्रिय तथा प्रदेश राजनीतिमा पार्टीको एउटै धारणा बनाउन र महासमितिको बैठक तथा बिधान मस्यौदा संशोधनका सवालमा प्रदेश पाँचबाट एउटै सन्देश लैजाने गरी बैठक बसिरहेको पाल्पाका सभापति बिरबहादुर रानाले बताए ।

प्रदेश पाँचमा पर्ने नवलपरासी, कपिलबस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ्, बाँके, बर्दिया, रुकुम, रोल्पा र प्युठानका सभापतिहरूको उपस्थिति छ । 

नेपाली कांग्रेस प्युठानका सभापतिको आह्वानमा बैठक आयोजना गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ