arrow

शिक्षक संघको १५ औं जिल्ला प्रतिनिधि सभा 

logo
रमेश विश्वकर्मा 
प्रकाशित २०७५ मंसिर २ आइतबार
teachers-asso.jpg

गुल्मी । काँग्रेस निकट शिक्षकहरुको संगठन नेपाल शिक्षक संघ, जिल्ला समिति गुल्मीले १५ औँ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न भएको हो । 

कार्यक्रममा जिल्लाभरका १२ वटै स्थानीय तहका नेपाल शिक्षक संघमा आबद्ध शिक्षक प्रतिनिधिहरुले आफ्नो स्थानीय तहभित्र रहेको संगठनको बारेमा रिपोर्टिङ गरेका थिए ।

त्यस्तै शिक्षक संघ जिल्ला कार्य समितिका सचिव खिमबहादुर थापाले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले जिल्लाभरका संगठनका काम तथा क्रियाकलापको बारेमा जानकारी गराएका थिए । 

जसअनुसार सबै स्थानीय तहमा स्थानीय अधिवेशन गरिएको, स्थानीय तहले बनाएका शिक्षा ऐनसँग सम्बन्धित रही सम्वाद जस्ता क्रियाकलाप संचालन गरिएको, नेपाली काँङ्ग्रेसको शिर्ष नेतृत्वसँग निरन्तर सम्वाद तथा विचारको आदान प्रदान गरिरहेको प्रतिवदेनमा उल्लेख छ ।

सबै स्थानीय तहमा सदस्यता नविकरण गर्ने काम सकिएको र चन्द्रकोट गाउँपालिकामा नेपाल शिक्षक महासंघको गठन प्रक्रिया अगाडि बढाउन पहलकदमी भूमिका खेल्ने पनि प्रतिवदेनमा उल्लेख गरिएको छ । 

नेपाल शिक्षक संघ गुल्मीले तय गरेको आदर्शलाई पूरा गर्न आगामी बर्ष विभिन्न कार्यक्रम संचालन गर्ने संगठनले जनाएको छ । जस अन्तर्गत लोकतान्त्रिक मूल्यमान्यता र निष्ठाको आदर्श, शैक्षिक स्तर बृद्धि, शैक्षिक उन्नयन र शैक्षिक विकास, तथा पेशागत हक, हित र अधिकार रहेका छन् ।

कार्यक्रममा नेपाल शिक्षक संघ ५ नम्बर प्रदेशका सभापति अर्जुनकुमार योगी, नेपाली काङ्ग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी, नेपाल शिक्षक संघ संघिय समितिका उपमहासचिव धना भण्डारी, ५ नम्बर प्रदेशका महासचिव कृष्ण पंगेनी लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रम नेपाल शिक्षक संघ जिल्ला कार्य समिति गुल्मीका सभापति प्रेमनारायण भण्डारीको अध्यक्षता, नेपाली काङ्ग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा संगठनमका सचिव थापाको संचालनमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ