arrow

विप्लव समूहद्धारा तोडफोड, करोडौंको क्षति

logo
ईश्वरीप्रसाद देवकोटा,
प्रकाशित २०७५ मंसिर २ आइतबार
todfod.jpg

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले तोडफोड गरी करोडौंको क्षति गरेको छ । 

शनिबार राति ११ बजे गुठीचौरमा तोडफोड भएको थियो । कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएर विप्लव समूहले तोडफोड गरेको थियो । 

कार्यालय सहयोगी कविराज खत्रीलाई झण्डै डेढ घण्टा नियन्त्रणमा लिएर उक्त समूहले छाडिदिएको थियो । 

त्यस्तै राति १ बजे नै चन्दननाथमा तोडफोड भएको थियो । चन्दननाथको एउटा गाडी नै विप्लव समूहले जलाएको थियो । 

उक्त आक्रमणकारी समूहलाई खत्रीले चिनेको भए पनि अहिलेसम्म पक्राउ गर्न प्रहरी प्रशासन असक्षम देखिएको छ । 

राति ११ बजे नै प्रहरीले घटनाबारे जानकारी पाए पनि प्रतिक्रियाविहीन भइ एक्सनमा नआउँदा राति १ बजे गाडी जल्न पुगेको थियो । 

सुरक्षाकर्मी भएको स्थलबाट घटनास्थल पुग्न हिँडेर मात्र ४० मिनेटको बाटो भए पनि आइतबार बिहान मात्र घटनास्थल पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ