arrow

वडाध्यक्ष चन्दद्वारा नगरपालिकाको मोटरसाइकल अस्वीकार

मोटरसाइकलको बजेटबाट  जनतालाई दिए फिल्टर

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७५ मंसिर ३ सोमबार
chand-ward-pramukh.jpg

पुनर्वास । जनतालाई सुविधा दिने तहमा पुगेपछि जनप्रतिनिधि आफ्नै तलब भत्ता, सेवा सुविधा बढाउनेतर्फ उन्मुख हुन थालेपछि चौतर्फी आलोचित हुन लागिरहेका बेलामा  कंचनपुरको पुनर्वास १ का वडा अध्यक्ष  प्रतापबहादुर चन्दले नगरपालिकाले दिएको मोटरसाईकल लिन अस्वीकार गरेका छन् ।

गत आर्थिक वर्ष  २०७५ – ०७६ को नगरसभाले ११ वटै वडा अध्यक्षलाई मोटरसाईकल खरिद गर्न भनी ३५ लाख विनियोजन गरेको थियो । उक्त रकम लगभग एउटा पुरै वडाको विकास बजेट जत्तिकै भएको हुँदा जनप्रतिनिधि सुविधाभोगी हुनु नहुने भन्दै नगरसभामा आपत्ति जनाएका थिए । 

तत्कालिन एमालेबाट निर्वाचित वडा अध्यक्ष चन्दले जनप्रतिनिधि सुबिधा भोगी नभई जनताको सेवक भएकाले  मोटर साइकल नलिने घोषणा गरेका हुन् । 

विनियोजित कार्यक्रम अनुसार नगरपालिकाले दशैंको अवसर यमाहाको एसजेड आर १५० सिसि मोटरसाईकल खरिद गरि वडा अध्यक्षहरुलाई वितरण गरेको थियो ।

तर वडा अध्यक्ष चन्दले भने मोटरसाईकल नलिई आफ्नो वडामा पानी फिल्टर वितरण गर्ने योजना बनाएका छन् । आफ्नो वडाको भकुण्डा भन्ने गाउँको २३ घरधुरीको धारामा अत्याधिक आरसेनिक भेटिएको र बर्षौंदेखि स्थानीयवासी त्यहि दुषित र जोखिमयुक्त पानी पिउन बाध्य भएका कारण आफुले यो योजना बनाएको वडा अध्यक्ष चन्द बताउँछन् ।

संविधान कार्यान्वयन गर्ने पहिलो निकाय भनेकै स्थानीय तह हो । नागरीकको बाँच्न पाउने अधिकारलाई सुनिश्चत गर्न मोटरसाईल बराबर मूल्यको उक्त बस्तीमा ‘बायो स्याण्ड फिल्टर’ वितरण गर्ने चन्दले बताए । त्यसै गरि ‘तराईको ४२–४३ डिग्री गर्मीमा लेबरी मजदुरी गरि छाक काटेर संकलन भएको करबाट मोटरसाईकल चढ्नु भनेको गरिब नगरवासीको ढाडमा चढ्नु हो ।’ चन्दले बताउँछन् ।

यस क्षेत्रमा बसोबास भएको ४८ बर्ष बढि भए पनि अहिले आएर फिल्टर पाएपछि आफुहरुले शुद्ध पानी खान पाउने भएकोमा स्थानीयबासी हर्षित भएको छन । वडा अध्यक्ष चन्दको यो कदमको भने चौतर्फी प्रशंसा हुन थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ