arrow

शहरदेखि गाँउसम्म संगठन सुदृढीकरण गर्दै भण्डारफोर अभियान

logo
प्रकाशित २०७५ मंसिर ३ सोमबार
dhankuta.png

धनकुटा । शहर देखि गाँउसम्म संगठनलाई सुदृढ गर्दै विस्तार गरी संघिय सरकार तथा स्थानीय तहका सरकाले गरेको कर वृद्धी लगाएर विभिन्न जनविरोधी   निर्णयहरुको भण्डाफोर गर्नका लागी नेपाली कांग्रेस धनकुटाले अभियान संचालन गर्ने सोमबार निर्णय गरेको छ ।

नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा भएको जिल्ला कार्य समितिको पूर्ण बैठकले क्रियाशिल सदस्यताको प्रमाण पत्र वितरण अभियानलाई तिव्र बनाउदै शहर देखी गाँउ गाँउसम्म संगठन सुदृढीकरण तथा विस्तार अभियानका लागि भेला,अन्र्तक्रिया,सभा,गोष्ठी,प्रशिक्षण लगायतका विभिन्न कार्यक्रमका साथ अभियान संचालन गर्ने निर्णय गरेको पार्टी सचिव विजय सन्तोषी राईले वताइ ।

सो अवसरमा संगठन विस्तार तथा सुदृढीकरण र समसामयिक बिषयमा प्रदेश १ का सांसद तथा  नेपाली कांग्रेसका जिल्ला सदस्यहरुले संगठन विस्तार गरी सुदृढीकरण अभियानलाई गुट उपगुटमा विभाजन नभई एकताबद्ध ढंगले संचालन गर्नु पर्ने विचार राखे।

वैठकले जिल्ला अधिवेशन गर्न बाकी रहेका भातृ तथा सुबेच्छुक संस्थाहरुको जिल्ला अधिवेशन गर्न लगाँउने र पार्टीका  तहका समितिहरुको साथै  सवै भातृ तथा सुबेच्छुक संस्थाहरुलाई सशक्त र क्रियाशिल बनाउने समेत निर्णय  गरेको छ ।

 संघिय सरकार तथा स्थानीय तहको सरकारले गरेको कर वृद्धी लगाएर विभिन्न जनविरोधी  निर्णयहरुको भण्डाफोर गर्नका लागी नेपाली कांग्रेस धनकुटाले शहर  देखी गाँउ गाँउ सम्म अभियान संचालन गर्ने  समेत  निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ