पाल्पा । जिल्लाको तिनाउ गाउँपालिमा एक महिलाको शव फेला परेको छ । गाउँपालिका १ बोलबम सामुदायिक बन नजिकैको जंगलमा सोही गाउँपालिका १ झिङ्गामाराकी ३१ वर्षकी साईली राईको शव सोमबार फेला परेको हो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरिक्षकको कमाण्डमा गएको टोलीले शवको पहिचान गरेको थियो । शव सडिसकेकाले पोष्टमार्टम नगरी आफ्न्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
मृतक महिलाको विगत आठ महिना अघि देखि नै मानसिक सन्तुलन गुमेको थियो । के कति कारणले घटना घटेको भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।