arrow

पाल्पाको तिनाउमा महिलाको शव फेला

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ मंसिर ३ सोमबार
woman-dead-body.jpg

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिमा एक महिलाको शव फेला परेको छ । गाउँपालिका  १ बोलबम सामुदायिक बन नजिकैको जंगलमा सोही गाउँपालिका १ झिङ्गामाराकी ३१ वर्षकी साईली राईको  शव सोमबार फेला परेको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।  खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरिक्षकको कमाण्डमा गएको  टोलीले शवको पहिचान गरेको थियो । शव सडिसकेकाले पोष्टमार्टम नगरी आफ्न्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको विगत आठ महिना अघि देखि नै मानसिक सन्तुलन  गुमेको थियो । के कति कारणले घटना घटेको भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ