arrow

चर्पि माग्दै काठमाडौं महानगरमा ज्ञापनपत्र

logo
प्रकाशित २०७५ मंसिर ३ सोमबार
ktm-metro-toilet.jpg

काठमाडौं। ‘चर्पी हाम्रो प्राकृतिक आवश्यकता’भन्ने मूल नाराका साथ नेपाल यातायात मजदुर संघले विश्व चर्पि दिवस मनाएको छ। १९ नोभेम्बर अर्थात विश्व टवाईलेट दिवसको अवसरमा नेपाल यातायात मजदुरसंघले आइतबार काठमाडौं महानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै राजधानीका सबै बस स्टपहरुमा व्यवस्थित चर्पिको माग गरेको हो।

संघले बुझाएको ज्ञापनपत्रमा उपत्यकाका बस स्टपहरु अत्यन्तै अव्यवस्थित रहेको भन्दै व्यवस्थित गर्न र बस स्टपहरुमा पर्याप्त चर्पिको व्यवस्था गर्न भनिएको छ।

उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गएको टोलीले हाल काठमाण्डौ महानगरपालीका भित्र १३ स्थानमा मात्रै चर्पी रहेकोमा सबै बस स्टपहरुमा यातायात श्रमिकहरुलाई युनियन परिचय पत्रका आधारमा सफा तथा पर्याप्त स्थानहरुमा निशुल्क चर्पीको व्यवस्था गर्न समेत भनेको छ।

संघले चर्पीहरु महिला यातायात मजदुर मैत्री हुनु पर्ने , युनियन परिचय पत्रका आधारमा निशुल्क हुनु पर्ने, सबै बस स्टपहरुमा चर्पी को व्यवस्थापन हुनु पर्ने , हाल संचालीत चर्पीहरुमा समेत बेला बेलामा अनुगमन हुनु पर्ने भन्दै ८ बुँदे माग पत्र समेत महानगरका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की लाई बुझाएको छ।

सो अवसरमा ज्ञापन पत्र बुझदै प्रशासन प्रमुख कार्कीले महानगरले सडक विभागसँग १ सय ४२ स्थान मा चर्पी निर्माणका लागि स्थान माग गरेकोमा हाल लाई ४२ स्थान उपलव्ध गराएको जनाए। उनले आगामी एक साता भित्र सो स्थानहरुमा स्र्माट चर्पी निर्माणका लागि टेण्डर प्रकृयाको थालनी गर्ने र चर्पी हरु यातायात मजदुर मैत्री बनाउन प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

काठमाण्डौ देखी मोफसलका स्थान हरुमा समेत चलायमान पेशामा कार्यरत यातायात मजदुरहरुका लागि देशव्यापी रुपमा व्यवस्थीत चर्पी निर्माणको अभियान थाल्ने संघका उपाध्यक्ष  घलेले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ