arrow

दैनिक १० क्विन्टल टमाटर उत्पादन गर्छन् पथुडाबासी

logo
शैलेन्द्र रोकाया 
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
tamatar_pathauda_photo.jpg

बझाङ । नेपालमा रोजगारीको सम्भावना नदेखेर बिदेश जाने युवाहरुको संख्या दिन प्रतिदिन बढी रहेका बेला यहाँस्थित एक सानो गाँउका स्थानिय बासीन्दाहरुले ब्यबसायिक रुपमा टमाटर खेती गरेर लाखौ रुपैयाँ आयआर्जन गर्ने गरेका छन् । 

जिल्लाको केदार स्यूँ गाँउपालिका – १ पथुडाका स्थानियबासीहरुले गाँउ वरिपरि रहेको पाखो जमिनमा टमाटर खेती गरेर दैनिक १० क्विन्टल टमाटर उत्पादन गरेर जिल्लामा रहेको टमाटरको अत्याधिक मागलाई परिपुर्ति गरि लाखौंको आयआर्जन गरिरहेका हुन् । 
रोजगारीका लागि भौंतारिने युवाहरु दिनप्रतिदिन बढ्दै गइरहेका बेला पथुडाका स्थानियबासीहरुले नमुना रुपमा गाउँभरि नै टमाटर खेती गरी उदाहरणीय काम गरेपछि त्यहाँका स्थानियबासीको चर्चा परिचर्चा हुन थालेको छ ।  

पथुडा पुग्ने जो कोही लाई पनि झ्ट्ट जताततै टमाटरले लटरम्म भएको दृश्य देखेपछि मनै नै लोभ्याउने गरेको छ । यहाँस्थित साईपाल विकास समाज, बिकास परियोजना अन्तर्गत बिउबिजन तथा प्राबिधिक सहयोग गरे थप उत्साहित भएका स्थानियबासी परम्परागत रुपमा गहुँ लगाउने चलनलाई छोडेर टमाटर खेतीतर्फ स्थानियबासीको आकर्षण बढेको हो । 

२२ परिबार रहेको पथुडा गाउँका सबै परिबारले बिगत तीन बर्षदेखि गहुँ लगाउने खेतमा टमाटर खेती लगाउने गरेपछि मनग्य आम्दानी हुने गरेको स्थानिय जितबहादुर भण्डारीले जानकारी दिए । 

 ‘गहुँ खेती भन्दा ६ गुना बढी फाईदा हुने भएकाले सबै गाँउलेहरु टमाटर खेतीतिर लागेका हौं’ भण्डारीले भने, ‘अहिले आफुले मात्र प्रतिदिन २ देखि ३ क्विन्टलसम्म बजारमा दिने गरेको छु  ।  

३ बर्ष भारतमा मजदुरी गरेर सोचे जती आम्दानी नभएर गाँउ फर्केका भण्डारीले ३ रोपनी जग्गामा टमाटर खेती गर्दै आएका उनले बार्षिक २ लाख पचास हजार आम्दानी गर्दै आएको बताए । ‘पहिला साना साना डोकाहरुमा आफुलाई खानका लागी मात्र उत्पादन गर्ने गरेका थियौं, एकै बोटबाट १० देखि १५ केजी फल्न थालेपछि ब्यबसायिक रुपमा टमाटर खेती गरेको हुँ’, उनले भने । 

पछिल्लो समयमा बझाङका ग्रामिण भेगमा ब्यबसायिक तरकारी खेती गर्नेहरु यूवाहरुको आर्कषण बढन् थालेपछि बाहिरी जिल्ला बाट आउने तरकारी लाई बिस्तापित गरि स्थानिय अर्गानिक तरकारीले बजार पाँउन थालेको छ । 

बि एल पास गरि रोजगारीका लागै देशका बिभिन्न भागमा भौतारिएका पथुडाका स्थानिय कुम्भ भण्डारीले समेत ब्यबसायिक टमाटर खेती गरेर केदार स्यूँ गाँउपालिका कै उदाहरणिय किसान बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ