arrow

सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता घुससहित पक्राउ

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
nyadhibakta.png

बुटवल ।  जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायधिवक्ता कोषहरि निरौलालाई ८० हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।

सेवाग्राहीसँग ठगीको मुद्दा मिलाइदिन्छु भन्दै ८० हजार लिँदै गरेका उनलाई कार्यालयभित्रै टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निरौलालाई  कार्यालय खुल्नासाथ घुससहित रंगेहात पक्राउ गरेको हो ।

निरौलालाई हिरासतमा राखेर थप अनुसन्धान गरिने अख्तियार प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ