arrow

भवन निर्माणमा अनियमितता गरेको भन्दै अध्यक्ष विरुद्ध उजुरी

logo
जीवन शर्मा,
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
ujuri.JPG

ओखलढुंगा। सुनकोशी गाउपालिका वडा नम्बर ३ सिस्नेरीस्थित कालिका माध्यामिक विद्यालयको भवन निर्माण अनियमतता गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरुद्ध उजुरी परेको छ। २०७१-०७२ मा सुरुगरेको विद्यालय भवन हाल सम्म पुरा नगरेर ठेकेदारसंगको मिलेमतोमा अनियामितता गरेको भन्दै स्थानीयले जिल्ला प्रशासनकार्यालय र जिल्ला समन्वय समितिमा अध्यक्ष नवराज खड्का विरुद्ध उजुरी दिएका हुन्।

विद्यालय क्षेत्र सुधार कार्यक्रम ०६६-०६७–०७२-०७३  अन्तरगत २०७१-०७२ मा भौतिक सुधारु विस्तार तर्फ तत्कालिन जिल्ला शिक्षा कार्यालय मार्फत चार कोठे भवनका लागि २४ लाख वितरण भएको थियो। उक्त भवन निर्माण हालसम्म अधुरै रहेको स्थानीयले बताएकाछन्। खड्काले अध्यक्ष हुँदादेखि नै विद्यालयको शैक्षिक वातावण धुमिल्याएको उजुरीमा उल्लेख छ।

विद्यालयको भवन निर्माणमा ठेकेदारलाइ मापदण्ड विपरित ढुंगाा माटोको जोडाइ अनुमति दिएको, आम अभिभावक र विद्यालयको अनुमति विना गैह्र कानुनीरुपमा आन्तरिक श्रोतको ४ लाख रकम समेत अनियमितता गरेको लगायत आरोप खड्का लाइ लागेको छ। उनले राजनीतिक रिसिइवि साँधेर विद्यालयमा शिक्षकहरुलाइ गैह्रकानुनी दवाव दिने, शिक्षा कार्यालय र शिक्षा समितिको निर्णय समेत अवज्ञ गर्दै आएको दुर्गा खड्काले बताए।

‘भवन निर्माणमा शिक्षा विभागले तोकेको मापदण्ड विपरित ढुंगामाटो  लगाइएको छ।’ स्थानीय केदार खत्रीले बताए, ‘खड्काले तत्कालिन अध्यक्षले जिल्ला शिक्षासंग गरेको भवन निर्माण संझौता समेत गायव गरेर मनोमानी गरीरहेका छन्।’ उक्त भवन निर्माण अलपत्र भएकै कारण पछिल्ला समयमा विद्यालयलाइ आउन लागेका २ वटा भवन समेत नआएको दुर्खगा ड्काले बताए। उनले विद्यालयको शैक्षिक सुधार भन्दापनि विद्यालयलाइ राजनीतिक गर्ने थलोको रुपमा लिएको स्थानीयले आरोप लगाएका छन्।

जिल्ला शिक्षा कार्यालयले पठाएका  शिक्षकहरु हाजिर नगराउने, नियमविपरिता निर्णय गर्दै कार्यन्वायन गर्न प्रधानाध्यापकलाइ दवाव दिने, निर्णय गर्न नमाने हातपात समेत गरेको भन्दै उनि विरुद्ध  केही महिना अघि अदालतमै मुद्धा परेको थियो। उक्त मुदा अहिले पनि जिल्ला अदालत ओखलढुंगामा विचाराधिन रहेको छ। यसरी अस्वभाविक र अनियामित ढंगले सार्वजनिक संस्थालाइ हानी पुर्याउने र आफुले व्यक्तिगत फाइदालिने कार्य गरेको भन्दै आवश्यक छानविन गरी कारवाही गर्न स्थानीयले माग गरेका छन्।

उजुरीका विषयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्ला शिक्षा विकास समन्वय इकाइ र जिल्ला समन्वय समितिलाइ आवश्यक समन्वयका लागि पत्र पठाएको वताएको छ। जिल्ला समन्वय समितिले भने जिल्ला प्रशासन लगायत सम्बन्धित निकायहरुसंगको समन्वयमा अनुगमन गरी छानविन गर्ने र आवश्यक कारवाही अघि बढाउने समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ