arrow

मोरङको उर्लाबारीमा आगलागी हुँदा १ करोड बढिको क्षति

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
itahari-fire.jpg

झापा ।  मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घर र पसल मंगलबार दिउँसो आगलागीबाट   जलेर  पुर्ण रुपमा नष्ट भएको छ ।

दिउँसो साढे १ बजेतिर आगलागी हुँदा अधिकारीको काठको दुई तले घर र होलसेल किराना पसल पूर्ण रुपमा जलेर नष्ट भएको हो ।      हाल सम्म आगलागिको कारण बारे   कुनै जानकारी  खुल्न नसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीले बताए  ।

आगोले घर र पसल जलेर नष्ट हुँदा एक करोड १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । होलसेल पसलमा ७० लाख बढीको लगानी रहेको पीडित अधिकारीले बताए  ।

आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि क्षति पुगेको छ । आगलागी भइ  घरमा रहेको ग्यास सिलिण्डर पड्किएर  आगो नियन्त्रणमा लिन नसक्दा अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट भएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्काले बताए । आगोले जलेर थप क्षति हुन नदिन आसपासका चार वटा पसल खाली गरिएको थियो ।

आगलागी  नियन्त्रणका लागि दमक, बिर्तामोड, गौरादह, सुन्दरहरैँचा र इटहरीबाट आएका दमकल र स्थानीयहरुको सामुहिक  प्रयासमा करीब दुई घण्टापछि आगो  नियन्त्रणमा आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ