arrow

अति भएपछि ताते महिलाहरु, लगाए गाउँपालिकामा ताला

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७५ मंसिर ५ बुधबार
tala-beldagi-gaupalika.jpg

बेलडाँडी । कञ्चनपुरको दक्षिणी सीमान्त बेलडाँडीमा बिपन्न समुदायको उत्थान र सेवा सुबिधामा जनप्रतिनिधिहरुले बेवास्ता गरेको भन्दै स्थानिय महिलाहरुको समुहले गाउँपालिका कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेको छ । 

स्थानिय जनप्रतिनिधिहरुले बिपन्न समुदाय महिला तथा जनजिविकासंग सरोकार राख्ने मुद्दाहरु हल गर्ने सम्बन्धमा बेवास्ता गरेको भन्दै टोलटोलबाट संगठित सयौंको संख्यामा आएका महिलाहरुले गाउँपालिका प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । 

बेलडाँडी आरक्ष पीडितको समस्या, छाडा चौपाया ब्यबस्थापन, विद्युत महशुल काउन्टर स्थापना , स्वास्थ्य संस्थामा डाक्टर , सिमसारको ब्यबस्थापन गरी कृषकहरुलाई राहत लगायतका समास्या समाधानमा बेवास्ता गरेको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको महिला खबरदारी सञ्जालकी संयोजक शान्ति नाथले बताइन् । 

समस्या समाधानको निम्ति एक हप्ताअघि गाउँपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाइए पनि कुनै सुनुवाई नगरिए पछि तालाबन्दी गर्नु परेको सञ्जालकी संयोजक नाथले बताइन् । 

बेलडाँडी गाउँपालिकामा घाँस दाउरा जाँदा आरक्षका आर्मीहरुले महिलामाथि यौन हिंसा गर्दै आएको र यस्ता समस्याबाट महिलालाई सुरक्षित बनाउने दिशातर्फ स्थानीय जनप्रतिनिधि मौन रहेको उनले बताइन् । 

पटकपटक महिला र बिपन्न समुदायको उत्थानका लागि कार्यक्रम संचालनको आग्रह गरिए पनि जनप्रतिनिधिको उदासिनता बढ्दै गएपछि गाउँपालिकामा तालाबन्दी गर्नु परेको प्रदर्शनमा सहभागी महिलाहरुले बताएका छन् ।  

बेलडाँडी गाउँ पालिकाका जनप्रतिनिधिहरुले गर्दै आएको उपेक्षा र मनोमानीका विरुद्ध महिला खबरदारी सञ्जालले सोमबार पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । 

स्वास्थ्य संस्थामा रहेको एम्बुलेन्समा मनोमानी भाडा दर कायम गरि बिपन्न समुदायको ढाड भाँच्ने निर्णय गरेको समेत प्रदर्शनमा सहभागी महिलाहरुले आरोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ