arrow

आफूलाई झुक्याएपछि ताते नेकपाका सांसदविरुद्ध स्थानीय  

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
Palpa_District.png

पाल्पा । विकास र संवृद्धिका नारा लगाउँदै निर्बाचनमा बिजय भएका पाल्पाली नेताहरुले जनपक्षीय कामप्रति ध्यान नदिएको भन्दै स्थानिय स्तरमा बिरोधका आबाजहरु उठ्न सुरु गरेका छन् ।

जिल्लाको क्षेत्र नम्बर २ बाट बिजय सांसद सोमप्रसाद पाण्डे र प्रदेश सांसद तुलाराम घर्तीमगरले जनभावना भन्दा बिपरित आफ्ना कार्यहरु अगाडि बढाएको भन्दै जनताहरुले असन्तुष्ट व्यक्त गरेका  हुन् ।

बिकासका कामहरु प्राथामिकतामा राखेर बजेट बिनियोजन गर्नु पर्ने तथा जनताका आवश्यकताहरुलाई मध्यनजर गरेर स्थानिय स्तरमा अभियान सञ्चालन गर्नु पर्नेमा सांसदहरुले बिजय भएपछि जनतालाई बिर्सिएको पाल्पालीहरुको गुनासो रहेको छ ।

पश्चिम पाल्पाको बल्ढेङगढीमा खाने पानीको चरम अभावका कारण काकाकुल सरह भएका जनतालाई खानेपानीको सहज सुबिधा उपलब्ध गराउने तथा जनताको भावना अनुसार कामगर्ने प्रतिबद्धता गरेपनि उनिहरुले बिर्सिएको स्थानिय जनताहरुले गुनासो गरेका छन् ।

बल्ढेङगढीका स्थानिय जनताहरुले आफै रकम सञ्चालन गरि सोलार वाटरको व्यवस्था गरेपनि प्रभावकारी नहुदा खानेपानीको समस्या जटिल रहेको  जनाउदै स्थानिय टिकाबहादुर रास्कोटीले सांसदहरुलाई पटक पटक आग्रह गर्दा पनि नसुनेको गुनासो गरे ।

उनले भने, “जहां बजेट अतिआवश्यक छ त्यहा नेताहरुको ध्यान पुगेको छैन, आफ्ना आसेपासे भएका क्षेत्रमा भने आवस्यकता भन्दा पनि बढि बजेट पारिएको छ । ”

जनता खानेपानीको अभावका छटपटिएका छन् तर नेताहरुले बाटो भन्दै तथा गोरेटो र बनक्षेत्रमा बजेट पारेको सस्ता नारा लगाउदै हिडेको बल्ढेङगढीका स्थानिय सोमबहादुर रायमाझीले बताए ।

उनले भने , “ बिश्वमा खानेपानीका लागी संसार एकातिर उभिएको पाल्पाली नेताहरु भने सस्तो लोकप्रियका लागी दौडिएका छन् । जसका कारण पाल्पाको बिकास समेत ओझेलमा परेको छ ।”

बिकासप्रेमी नेताको रुपमा परिचित नेपाली काग्रेसका पुराना नेता हरि प्रसाद नेपाल पराजित भएपछि पश्चिम पाल्पामा नेपाल कम्युनिष्ट पार्टीका नेता सोमप्रसाद पाण्डे संघिय सांसदमा र तुलाराम घर्तिमगर प्रदेश सांसदमा बिजय भएका हुन् ।

हरिप्रसाद नेपालले प्राथामिकताका आधारमा खानेपानी, मोटर बाटो र बिद्युतियकरण गरेपनि पाण्डे र घर्तीको बिजय संगै सबै काम बन्द भएको बल्ढेङगढीबासीले बताएका छन् ।

घर्ती र पाण्डेले केहि काम गर्ने जमर्को नगरेपछि नेपाल कम्युनिष्ट पार्टीका स्थानिय नेताहरुले समेत उनिहरुको बिरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ