यसरी लुटे जनप्रतिनिधिले 

सीता पराजुली प्रकाशित मिति : २०७५ मङ्सिर ५ बुधबार

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा जनप्रतिनिधिलाई सबारीसाधन खरिदमा चरम दुरुपयोग भएको पाइएको छ । विकासका काम गर्नुको सट्टा नगरपालिका प्रतिनिधिहरु सवारी दुरुपयोगमा लागेपछि चर्को विरोध भइरहेको छ । 

उक्त नगरपालिकामा मेयर र उपमेयरलाई गाडी तथा वडाध्यक्षहरुलाई मोटरसाइकल (१२ वटा) खरिद गरिएको छ । 

आफूले नचलाए पनि नातागोताका लागि ती सवारी साधन प्रयोग गर्न दिइएको पाइएको छ । 

वडा नम्बर ७ का वडाध्यक्षले मोटरसाइकल आफ्नो छोरालाई चलाउन दिएका छन् । सोही मोटरसाइकलले एक जना सर्वसाधारणलाई ठक्कर दिएर फरार भएको थियो । 

त्यसैगरी उपमेयरले सरकारी  बजेट बाट घरको डाइनिङ टेबल खरिद गरेको खुलासा भएको छ । स्रोतका अनुसार फर्जी बिल मिलाएर जिन्सी शाखाबाट लाखौं रुपैयाँ घोटाला भइसकेको छ । 

खाने अनेक बहाना अन्तर्गत मेयरको गाडी पनि परेको छ । मेयरको गाडीले तीन महिनामा १७ सय लिटर तेल खाइसकेको छ । 

जिन्सी शाखामा  ८५  रुपैयाँको पाइलट पेनलाई १२५  को फर्जी बिल बनाई घोटाला गरिएको छ । अन्य वस्तुहरुमा पनि फर्जी बिलको चाङ रहेको बताइएको छ । 

सबइन्जिनियर नारायण  पोख्रेलले मापदण्ड  बिपरित घरको नक्सा  पास गरेर घुस खाएको गुनासो बढेको छ । २०७४–७५  को  योजना  वार्ड  न  ६  को  घुम्ती  भुबनडाँडा  फूदबांग मोटर बाटो  तीन लाखको काम हुँदा पनि फर्जी बिल बनाएर पाँच लाखको देखाएको खुलेको छ । 

कर्मचारी  भर्ना  आवश्यकभन्दा धेरै  भएको  र  जनप्रतिनिधि ले आफ्नो नातापातालाई  राखेको खुलेको छ । कतिपयको शैक्षिक योग्यतासमेत नपुगेको खुलेको छ । 

नयाँ