arrow

शान्ति प्रक्रियाको १२ बर्ष : शान्ति प्रक्रियाका नायक सिटौलाले भने -द्धन्द्धपीडितलाई न्याय देऊ

सरकार तानाशाह लाद्न खोज्दै छ

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
sitoula1.jpg

सुर्खेत । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा शान्ति प्रक्रियाका एक नायक कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रिया सुरु गरिएको १२ बर्ष बितिसक्दा पनि द्धन्द्धपीडितले उचित न्याय नपाएको भन्दै न्यायको अनुभुती गराउन सरकारसंग माग गरेका छन् ।

बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गते नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले द्धन्द्धपीडितहरुले न्यायको अनुभुती गर्न नपाए मुलुकमा फेरी द्धन्द्धको विजारोपणको खतरा हुने बताए। ‘द्धन्द्ध पीडितहरुले न्यायको अनुभुती गर्न नसके उनीहरुमा बदलाको भावना सिर्जना हुनसक्छ’ सिटौलाले भने, ‘त्यसले मुलुकमा पुनः द्धन्द्धको अवस्था निम्त्याउने खतरा रहन्छ ।’ शान्ति सम्झौता बमोजिम शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन इमान्दारिताका साथ सबै पक्ष लाग्नु पर्ने उनको भनाई छ ।

शान्ति प्रक्रियाका सुत्रधार मानिएका कांग्रेस पूर्व महामन्त्री सिटौलाले तत्कालित विद्रोही नेकपा माओवादी र सात दलको एक घटक तत्कालिन नेकपा एमाले एकीकरण भईसक्दा पनि द्धन्द्धपीडिले न्याय नपाउनु दुखद भएको बताए । द्धन्द्धपीडितलाई न्यायको अनुभुती हुने गरी सरकारले ल्याएको कार्यक्रममा कांग्रेस सहयोगी बन्ने उनले बताए । राजनीतिक सहमतिमा गठन गरिएका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई सरकारले निस्क्रिय पारेको उनको आरोप छ ।

सरकार तानाशाह लाद्न खोज्दै छ
वर्तमान वामपन्थी सरकार दुई तिहाईको दम्भ देखाएर तानाशाशी लाद्न खोजीरहेको सिटौलाको आरोप छ । विभिन्न बहानामा नागरिकका मौलिक हक कुण्ठिन गर्दै प्रेस स्वतन्त्रताविरोधी गतिविधीले सरकार तानाशाही व्यवस्थाको अभ्यास गरिरहेको अनुभुती भएको उनले बताए ।

वर्तमान सरकार गठन भएको एक बर्ष बित्न लाग्दा पनि मुलुक समृद्धिको संकेत नदेखिएको जनतामा निराशा उत्पन्न भएको उनको भनाई छ । ‘दुई तिहाई बहुमतको शक्तिशाली कम्युनिष्ट सरकारले मुलुकको स्थायित्व र सामाजिक न्यायको लागि केही गर्न सकिरहेको छैन’ सिटौलाले भने, ‘जनतालाई परिवर्तनको अनुभुती गराउन भन्दा पनि महङ्गी र करको डण्डा लगाएर जनअपेक्षा विपरित सञ्चालित भई रहेको छ ।’

महासमिति बैठक पछि एकताको अनुभुती गराईने
पार्टी सभापति शेरबहादुर देउवाले एकता मेलमिलाप र सहकार्यको आदर्श कुल्चिएको सिटौलाको आरोप छ। पार्टीमा सबैलाई मिलाएर लैजानु पर्ने दायित्वबाट पञ्छिदै सभापतिले बहुमतले निर्णय गर्दा सहमतीको संस्कार हराउन थालेको भन्दै उनले यस्तो प्रवृत्तीले पार्टीलाई हानी गर्ने चिन्ता गरे। आसन्न महासमिति बैठकले कांग्रेसलाई मात्र नभई देशलाई नै एकताको सन्देश दिने उनको दावी छ ।

उनले भने, ‘अहिले हामी आ–आफ्नै तरिकाले हिँडेका छौं, तर महासमिति बैठकपछि कांग्रेस एकताबद्ध र व्यवस्थित हुन्छ ।’ कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रलाई आमजनताको हितमा हुने नीति राजनीतिक प्रस्तावमा स्पष्ट हुनु पर्ने बताए । नेपाली कांग्रेस राजनीतिक, सैद्धान्तिक र आर्थिक सिद्धान्त तथा राजनीतिक सोचका बारेमा पनि स्पष्ट धारणा तय पर्ने बेला आएको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ