काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको दुर्लभ तस्वीर यतिबेला भाइरल भइरहेको छ । तस्वीरमा राष्ट्रपति भण्डारीलाई गाउँले परिवेशमा देखिएको छ । उनी सागबारीमा देखिएकी छिन्। बच्चा बोकेको अवस्थामा उनले मेक्सी लगाएर तस्वीर खिचाएकी थिइन्। यो तस्वीर र अहिलेको राष्ट्रपतिको स्टाटसलाई लिएर सामाजिक संजालमा तस्वीर भाइरल भएको हो।
राष्ट्रपतिको पहिलेको अवस्था र अहिलेको अवस्थामा कति परिवर्तन आयो त भनी विष्लेषणसमेत गरिएको छ। सादा गाम्ले जीवनबाट अगाडि बढेकी राष्ट्रपतिको यहाँसम्मको प्रगतिलाई सकारात्मकदेखि नकारात्मक टिप्पणीसमेत गरिएको छ।
नेपालकी पहिलो महिला राष्ट्रपति भण्डारीले विभिन्न कीर्तिमान राखेकी छिन्। अहिलेसम्म कुनै पनि नेपाली महिला यो शिखरमा पुग्न सकेको थिएन ।
त्यसैगरी उनी नेपालकै दोस्रो राष्ट्रपति हुन्। अर्कातिर कम्युनिष्ट पृष्ठभूमिकी विद्यादेवीको अहिलेको शौखिन शैलीलाई लिएर भने चर्को आलोचना भइरहेको छ। यसमै जोडिएको छ उनले किन्न खोजेको १८ करोडको गाडीको चर्चासमेत।
चर्चा परिचर्चा जे भए पनि यो आर्काइभ तस्वीरले भने नेपालको परिवेशलाई झल्काउँछ। एकपटक मदन भण्डारीकी पत्नी भनेर चिनाउने गरेको विश्लेषण पनि सामाजिक संजालमा गरिएको छ।