arrow

झापामा विपद्ः कतै मृत्यु कतै घाइते 

logo
युबराज रेग्मी  
प्रकाशित २०७५ मंसिर ६ बिहिबार

झापा । झापामा बुधबार साँझ छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परी  दुईजनाले ज्यान गुमाएका छन् । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–१२ स्थित कालीझोडामा मोटरसाइकल र स्कूटर एकआपसमा ठोक्किँदा दुवै सवारीका चालकको ज्यान गएको हो । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६९ प ७९९४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १० प ६६६४ नम्बरको स्कूटर ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक बिर्तामोड–५ का २७ वर्षीय मञ्जुल बराईली र स्कूटर चालक मेचीनगर–१० का २४ वर्षीय युवराज खत्री अधिकारी छन् । 

उनीहरुको उपचारका क्रममा अस्पतालमा ज्यान गएको झापाका ट्राफिक प्रमुख, प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । 

त्यसैगरी गौरादह नगरपालिका(४ मझुवामा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा चालकसहित ४ जना घाइते भएका छन् । 

भित्री सडक खण्डमा उतरबाट दक्षिण तर्फ जाँदै गरेको मे ८ प १५२ नम्बरको मोटरसाईकलले साईकलमा सवार गौरादह नगरपालिका ४ बस्ने बर्ष ३० की संजु कालाखेती, निजको छोरी बर्ष १२ की साईना कालाखेती बर्ष ८ की देविका कालाखेतीलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा मोटरसाईकल चालक झापा बाह्रदशी गाउँपालिका(६ राजगढ बस्ने बर्ष २७ को दिपक सिवाकोटी समेत घाइते भएका छन् । 

गम्भिर घाइते चालकको दमकस्थित लाईफलाईन अस्पतालमा उपचार भईरहेको छ भने अन्य तीन जनाको बिर्तामोड स्थित बि।एण्ड।सी। अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ