अस्ताए सिद्दीकी
प्रकाशित मिति : २०७५ मङ्सिर ६ बिहिबार

राँझा । नेपालगञ्जका पुराना पत्रकार रहीस अहमद सिद्दीकीको बुधबारराति निधन भएको छ । बाँकेबाट प्रकाशित ‘समय अधिकार दैनिक’का प्रकाशक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष उनको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा राति ११ बजे निधन भएको हो ।
सिद्दीकीको अन्तिम संस्कार बिहीबार दिउँसो १ बजे स्थानीय कब्रिस्तानमा हुने पारिवारिक स्रोतले जनाएको छ ।
कलेजो र मिर्गौलामा संक्रमण भएर विगत छ महीनादेखि अस्वस्थ रहँदै आभएका उनी दश दिनदेखि अस्पतालमै थिए ।
सिद्दीकीको उपचारका लागि काठमाडौँ र भारतको लखनउका अस्पतालमा भर्ना गरिए पनि रोग निको हुनसकेको थिएन ।
दुई वर्षअघि उनको मुटुको शल्यक्रियासमेत भएको थियो । उनी नेपाल प्रेस युनियनका नेता पनि थिए ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">