arrow

नेविसंघ महामन्त्री काफ्लेलाई हृदयाघात

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
kundan-kafle.JPG.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाई हृदयाघात भएको छ । शुक्रबार बिहान उनको छातीमा समस्या आएर अचेत हुने अवस्था आएपछि परिवारले मन्डिखाटरस्थित घरबाट ह्याम्स अस्पताल लगेको थियो ।

ह्याम्स अस्पतालले काफ्लेलाई गंगालाल हृदय केन्द्र रिफर गरेपछि तत्काल गंगालाल लगिएको थियो । उनको अहिले गंगलाल अस्पताल बाँसबारीमा उपचार भइरहेको छ ।

उनको स्वास्थ्य सामान्य अवस्थामा रहेको बताइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ