arrow

नगर प्रमुख राईको पहलमा धार्मिक स्थल हलेसीमा बसपार्क निर्माण हुँदै

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
halesi.jpg

खोटाङ । धार्मिक तथा पर्यटकिय स्थल हलेसीमा अत्याधुनिक बसपार्क निर्माण हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख ईवन राईको पहलमा आर्थिक वर्ष  २०७५-०७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत शहरी विकास तथा भवन निर्माण विभाग काठमाण्डौंबाट अत्याधुनिक सूविधा सम्पन्न बसपार्क निर्माणका लागि ३ करोड बजेट विनियोजन भएको हो ।

बजेट विनियोजन भएसंगै नगरपालिकाले बसपार्क निर्माणमा आवश्यक पर्ने १० रोपनी जग्गाका लागि पहल सुरु गरेको छ । बृहत बसपार्क निर्माण गर्न सकिने उपर्यूत ठाँउमा निःशुल्क जग्गा दिने ईच्छुक व्यक्तिहरुका लागि पहल सुरु गरिएको नगर प्रमुख राईले जानकारी दिए । उनले भने, “नगरपालिकाको नाममा जग्गा भएपछि संघीय योजना कार्यान्वयन इकाई विराटनगरबाट डिजाईन स्टीमेट तयार गरि तत्काल टेन्डर आह्वान गर्नेछौं ।”

अत्याधुनिक बसपार्क निर्माण गर्न डिजाईन स्टीमेटका आधारमा बढी रकम लाग्ने भएको खण्डमा आवश्यक रकमको व्यवस्था पनि मन्त्रालयले गर्ने राईले जानकारी दिए ।

अत्याधुनिक बसपार्क निर्माणमा यात्रु प्रतिक्षालय, शौचालय, धारा, कार्यालय संचालनका लागि भवन, भौतिक सूविधा सम्पन्न डिजिडल प्रविधिको सेवा, यात्रुहरुलाई तनाव नहुँने खालका प्रविधि जडान तथा वरीपरि स्वच्छ सुन्दर वातावरणको व्यवस्थापन हुने जनाईएको छ ।
यस्तै, यातायात साधन पार्किङको व्यवस्था, प्रविधि सम्पन्न टिकट काउन्टर व्यवस्थापन, यात्रुलाई गाडी चढ्न तथा टिकट काट्नको लागि भरपर्दो व्यवस्था, बसपार्कभीत्रै टर्मिनल भवन, सपिङ बिल्डिङ, चमेनागृह, पक्की पार्किङ क्षेत्र टिकट काउन्टर, सोधपुछ कक्ष, मजदुर, कर्मचारी बस्ने कोठालगायतको व्यवस्थापन हुनेछ ।

सवारीसाधन जिल्ला भित्रने मुख्य नाकाको रुपमा रहेको हलेसीमा अत्याधुनिक सूविधा सम्पन्न  बसपार्क निर्माण गर्दै आकर्षक र समुन्नत बनाउँनका लागि नगरको ध्यान केन्द्रित भएको पाईएको छ  ।

त्रिधार्मिक संगम स्थल हलेसी मन्दिरमा दर्शन गर्न आउँने दर्शनार्थी तथा जिल्लामा आउँने जाने  यात्रुहरुको सवारी चापलाई मध्यनजर गर्दै नगरले अत्याधुनिक सूविधा सम्पन्न बसपार्क निर्माणको विकल्प खोजेको हो ।

सवारीसाधनको दैनिक बाक्लो चाप रहने हलेसीमा हाल हलेसी तुवाचुङ नगरपालिकाले भाडामा जग्गा लिएर बसपार्कको व्यवस्था गरेको छ । टा«फिक जाम र यत्रतत्र सवारीसाधन पार्किङको समस्यालाई हल गर्नका लागि नगरले भाडामा जग्गा लिएर बसपार्कको व्यवस्था गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ