arrow

बल्ल आयो सिंहदरबार : ७० वर्षसम्म सदरमुकाम पुग्न नसकेका भीमबहादुरले गाउँमै लिए नागरिकता

logo
हाम्रा कुरा
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
damai.jpg

डोटी । डोटीको बोगटान गाउँपालिकामा संचालन गरिएको शिबिरमा वडा नं. ४ सात्फरीका ७० बर्षिय भिमबहादुर दमाई बुईँ चढेर गाउँपालिकाको कार्यालय पुगेर नागरिकता लिएका छन ।
 
अपाङ्ग समेत रहेका दमाई जिल्ला सदरमुकाम जान नसक्ने अबस्था भएका कारण नागरिकता नलिई नलिएर बसेका थिए । ७० बर्षिय दमाईले खुसी हुँदै भने ‘आधा बाटोसम्म छोरा भजिताले बोकेर ल्यायो त्यहाँबाट गाउँपालिकाको गाडीले ल्याई दियो, नागरिकता लिईयो अब म खुसी छु ।’ दमाईले थपे ‘म अपाङ्ग व्याक्ति नागरिकता लिन सक्दैन होला लाग्यो, तर यहीँ नागरिकता बनाई दिन आएपछी लिन सफल भएको छु, जनप्रतिनिधी  स सिडिओ साब प्रति ऋणी छु ।’

दमाईलाई प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले नागरिकता हस्तान्तरण गरेका हुन्  ।  जिल्ला सदरमुकाम जान नसक्ने व्याक्तिलाई गाउँमै नागरिकता बितरण गर्ने कार्यक्रम बनाएको डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए । प्रजिअले भने ‘ सबै नागरिक प्रशासनको पहुँचमा पुग्न सक्दैनन्, सबै नागरिकको घर सम्म हामी पुग्न सकेका हुदैनौँ । त्यसैले गाउँपालिकाको पहलमा शिबिर संचालन गर्ने कार्यले नागरिकलाई राम्रो फाईदा भएको छ । गाउँपालिकाले जानकारी दिएको छ ।

भारतमा बस्दै आएका गाउँ आएको समयमा नागरिकता तथा मतदाता परिचय पत्र धेरै भन्दा धेरै बितरण गर्ने उदेश्यका साथ शिबिरको संचालनज गरिएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।
 
डोटीको बोगटान गाउँपालिकामा एकिकृत घुम्ती सेवा शिबिर संचालन गरिएको छ । बोगटान गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा शिबिर संचालन गरिएको हो ।  

गाउँपालिका भित्रका नागरिकका लागी नागरिकता, मतदाता परिचयत्र, स्वास्थ्य उपचार चेकजाँच तथा कृषी र पशु सम्बन्धीको परार्मश तथा उपचारको एकिकृत घुम्ती शिबिर संचालन सुचारु गरिएको बोगटान गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।  शिबिर शुक्रबार र शनिबार दुई दिनसम्म संचालन हुने  आयोजकले जानकारी दिएको छ ।

बोगटान गाउँपालिकाले डोटी जिल्लामा पहिलो पटक स्थानीय तहको पहलमा संचालन गरेको शिबिरबाट बिभिन्न प्रकारका सेवाहरु तिन  हजार व्याक्तिलाई सेवा प्रवाह गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ