arrow

दुर्घटनाको देउवाद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
sher-bahadur-deuba.jpg.jpeg

डोटी । डा. के.आई.सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका ११ रडुवा खोलामा से १ क २९३ नं.को बस बिहिबार दुर्घटना हुँदा १८ जनाको मृत्यु र दर्जनौँ व्यक्ति घाइते भएको प्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै   डा. के.आई.सिंह राजमार्ग र शुक्रबार दार्चुलामा मिनीबस दुर्घटना हुँदा २ जनाको मृत्यु र १९ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

सभापतिदेउवाले  मृतकको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । साथै, उक्त घटनामा परि घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ