arrow

नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले खतरामुक्त

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
kundan-kafle.JPG.jpeg

काठमाडौं। हृदयाघात भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रको सघन उपचार कक्षमा उपचाररत नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले खतरामुक्त रहेको अस्पतालले जनाएको छ। 

चिकित्सकले दिएको जानकारी अनुसार उनी खतरामुक्त रहेको र अझै २४ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कुमार दुलालले जानकारी दिए।

काफ्लेलाई आज बिहान ९:४५ बजे हृदयाघात भएको हो। काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ