arrow

गाउँबाटै नागरिकता पाएपछि स्थानीयमा खुसी

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ मंसिर ८ शनिबार
nagarikta1.jpg

पाल्पा । विगतमा नागरिकता बनाउन सदरमुकाम जानुपर्दा आजित भएका स्थानीयहरु गाउँबाटै नागरिकता पाएपछि खुसी भएका छन् । ग्रामीण भेगका जनतालाई गाउँबाटै सेवा प्रदान गर्ने लक्ष्यका साथ आयोजना गरिएको तीन दिने एकिकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि  निस्दी गाउँपालिकाका स्थानीयहरु खुसी भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजना र निस्दी गाउँपालिकाको समन्वयमा सञ्चालित शिविरमा गाउँपालिकाको वडा नम्वर ३ झिरुबास, वडा ४ मित्याल, वडा ५ गल्धा र वड ६ अर्चलेका दुई सय ८९ जनाले वंशजको आधारमा नागरिकता पाएका छन् ।

गाउँपालिका ४ मित्यालमा सञ्चालन भएको  शिविरमा गाउँपालिकाका ४ वटा वडा भित्रका १ सय ७९ जना महिला र १ सय १० जना पुरुष गरी दुई सय ८९ जना स्थानीयले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका हुन् ।

 शिविरमा दुई सय ६८ जनाले फोटो सहितको मतदाता नामावलीमा समेत आफ्नो नाम दर्ता गराएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत एवं एकिकृत घुम्ती शिविरका संयोजक हुम बहादुर पाण्डेले जानकारी दिए ।

 शिविरमा  चार वटा वडाका नागरिकले  सेवा प्राप्त गरेको निस्दी गाउँपालिकाका प्रवक्ता एवं वडा ६ का वडा अध्यक्ष मेख बहादुर सुनारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ