arrow

सरिता प्रसाईका बुबाको मृत्यु, देउवाद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७५ मंसिर ८ शनिबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य सरिता प्रसाईको पिता वीरेन्द्र प्रसाईको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

शनिबनर एक विज्ञप्ति जारी गरी सभापति देउवाले स्वर्गीय प्रसाईले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गरेका छन् ।

सभापति देउवाले उनको मृतआत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । ७९ वर्षीय प्रसाईंको शुक्रबार झापास्थित आफ्नै निवासमा निधन भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ