arrow

कृत्रीम गर्भाधान असफल

logo
प्रकाशित २०७५ मंसिर ८ शनिबार
cow.jpg

खस्यौली । गाई तथा भैँसीमा गरिने कृत्रिम गर्भाधान बुटवलका केही कृषकका गाई तथा भैँसीमा असफल देखिएको छ ।  गाईभैँसीको ४५० शुल्क तिरेर कृत्रिम गर्भाधान गराएका कृषक असफल देखिएपछि कृत्रिम गर्भाधानका लागि आवश्यक सिमेन निःशुल्क हुनुपर्ने माग गरेका छन् । बुटवल उपमहानगरपालिका– १६ का गोपाल पौडेलले ५५ प्रतिशत कृत्रिम गर्भाधान असफल भएको र महङगो शुल्क तिरेर कृत्रिम गर्भाधान गर्दा पनि सफल नभएपछि कृषक मारमा परेको बताए।
 
उनले यस बाहेक गाई तथा भैँसीमा देखिने थुनेलो लगायतका रोगले समेत कृषक मारमा परेको उल्लेख गर्दै सरकारले दिएको अनुदान वास्तविक कृषकले नपाएको गुनासो गरे। पशु चिकित्सक झविन्द्र बञ्जाडेले प्राविधिकको कमी, पशु पोषण आहारको कमी र कृषकमा चेतनाको अभावले कृत्रिम गर्भाधान असफल भएको बताए ।

उपमहानगरपालिकामा गतवर्ष एक हजार ५०० गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको थियो । यसवर्ष एक हजार ७०० मा कृत्रिम गर्भाधान गर्ने लक्ष्य लिइएकोमा ७०० गाई तथा भैँसीमा गर्भाधान भइसकेको छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उत्पादनमा आधारित भएर अनुदान दिने नीति अघि सारिएको जानकारी दिँदै पूर्व तयारी गरेर मात्रै व्यवसाय शुरु गर्न सुझाव दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ