arrow

कांग्रेस केन्द्रीय समिति बैठक सुरुः विधान मस्यौदा पेस हुँदै

logo
प्रकाशित २०७५ मंसिर ९ आइतबार
congress-office.jpg.gif

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय बीपीनगर सानेपामा सुरु भएको छ । आइतबार बिहान ८ः३० बजे बैठक बोलाइए पनि दुई घण्टा ढिला गरी बैठक सुरु भएको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा महामन्त्री तथा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदा पेस गर्ने कार्यक्रम रहेको छ । 

लमो समयदेखि मस्यौदामा जुधिरहे पनि सहमति जुट्न नसकेपछि महामन्त्री खड्काले फरक मतसहितको विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा पेस गर्ने छन् । 

पदाधिकारी र संसदीय समितिको संख्याका साथसाथै चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यता लगायतका विषयमा मस्यौदा समितिमा सहमति जुट्न नसकेपछि केन्द्रीय समितिमै दफावार छलफल हुनेछ । 

महामन्त्री खड्काले विधानको मस्यौदा पेस गरेपछि पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि दिइने छ । यससंगै फेरि केही दिन मस्यौदा पढ्नका लागि सदस्यहरुले समय पाउने छन् । 

त्यसपछिमात्र फेरि केन्द्रीय समितिको बैठक बस्ने र निरन्तर छलफल हुने जनाइएको छ । 

अब हरेक बैठक पार्टीको महासमिति बैठक केन्द्रीत हुनेछ । महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म बस्नेछ । यसअघि मंसिर ५ देखि गर्ने तय भएकामा तयारी नपुगेको भन्दै कार्तिक २० गते बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको थियो । 

महासमिति बैठक अगाडि नै विधानको टुंगो लगाउन काँग्रेस प्रयत्नरत छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ