arrow

उपचार गर्न एम्बुलेन्स चढेका दमका बिरामी दुर्घटनामा घाइते 

logo
प्रकाशित २०७५ मंसिर ९ आइतबार
accident-final.jpeg

नारायणपुर । दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो । 

दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते भएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ । 

जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गए राति २ बजे दुर्घटना भएको प्रहरीले बताएको छ ।

एम्बुलेन्समा बिरामी जैसी, एक बिरामीको आफन्त र चालक सवार थिए । नगरपालिका स्वास्थ्यचौकी सतबरियाको रा १ज १२३ नं को एम्बुलेन्समा बिरामीलाई कोहलपुर पठाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ