arrow

'डा. गोबिन्द केसीसँको सम्झौतामा कार्यन्वयन हुनेमा शंका नगरौं'

logo
प्रकाशित २०७५ मंसिर ९ आइतबार
dr-govinda-kc-candel_light.jpg

काठमाडौं। राष्ट्रिय चिकित्सा शिक्षा बिधेयकका लागि बारम्बार अनसन बसेका डा. गोबिन्द केसीसँग पछिल्लो पटक सम्पन्न सम्झौता अक्षरश: लागु हुने वा नहुनेमा सांसदहरुले शंका ब्यक्त गरेका छन्। 

शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा गोविन्द केसीबीच पछिल्लो पटक सम्पन्न सम्झौता सकारात्मक रुपमा अघि बढ्ने बताउनुभएको छ । 

सिंहदरबारमा सङ्घीय संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक भैरवबहादुर विष्टको संयोजकत्वमा बसेको बैठकमा अधिकांश सांसदले सरकार र डा केसीबीचको सम्झौता अक्षरशः लागू हुने या नहुने भन्ने विषयमा सम्बन्धित मन्त्रीको ध्यानार्कषण गरेपछि बैठकमा मन्त्री पाखरेलले सो कुरा बताउनुभएको हो । 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा छलफल गर्न गठित उपसमितिको आजको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले डा केसीसँगको सम्झौता कार्यान्वयन हुन्न भन्ने नकारात्मक हल्लाको पछाडि नलाग्न सांसदहरुलाई आग्रह गर्नुभयो । 

सरकार र डा केसीबीच पछिल्लोपटक साउन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिबीच बालुवाटारमा नौँ बुँदे सम्झौता भएको थियो । समझदारीअनुसार १० वर्षसम्म काठमाडौँमा नयाँ मेडिकल कलेज स्थापना गर्न नपाइने, सङ्घीय संसद्मा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ अक्षरशः लागू गर्नुपर्ने भन्ने विषयमा सम्झौता भएको हो । 

उक्त सहमति पत्रमा हस्ताक्षर हुँदा नेपाल कम्युनिष्ट पार्टी नेकपामा संसदीय दलका उपनेता सुवास नेम्वाङ र महासचिव विष्णु पौडेल पनि सहभागी थिए । दुवै सांसदले संसदबाटै यी मागहरु पूरा गराउने प्रतिवद्धता जनाएका थिए। प्राडा केदारभक्त माथेमा कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउन माग गरेका केसीको मागमा सरकार लचक भएको थियो । 

योसंगै डा गोविन्द केसीको २७ दिनदेखिको आमरण अनसन पनि तोडिएको छ। डा केसी २० दिनसम्म जुम्लामा र बाँकी समय सरकारले अपहरण शैलीमा काठमाडौं ल्याएपछि शिक्षण अस्पताल महाराजगञ्जमा बसेका थिए। डा केसीले प्राडा केदारभक्त माथेमा र सुवास नेवाङले संयुक्त रुपमा अनसन तोडाएका थिए । 

राष्ट्रिय चिकित्सा विधेयक २०७५ का सम्बन्धमा अहिले सम्बन्धित समिति तथा उपसमितिमा दफाबार छलफल भइरहेको छ । आज विधेयकको दफा १६ सम्मको छलफल सम्पन्न भएको छ । 

आजको बैठकमा सांसद दिलेन्द्रप्रसाद बडू, कृष्णप्रसाद दाहाल, देवप्रसाद गुरुङ, गङ्गा चौधरी, दिलबहादुर महत, रेखा शर्मा, रामबहादुर विष्ट, मैनाकुमारी भण्डारी, यशोदा गुरुङ सुवेदी, पुष्पाकुमारी कर्ण, रेखा झा, प्रेम सुवालले दफावार छलफलमा भाग लिनुभएको थियो । उपसमितिको अर्काे बैठक (भोलि) सोमबार ११ बजे सिंहदरबारमा बस्नेभएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ