arrow

आगलागीमा ३ महिने शिशु सहित खनाल परिवारका ४ जनाको मृत्युु

logo
युबराज रेग्मी ।
प्रकाशित २०७५ मंसिर १० सोमबार
fire.jpeg

झापा । जिल्लाको  शिवसताक्षी नगरपालिका वडा न ७ लालझोडामा आइतबार राती ९बजे भएको  आगलागीमा परि ३ महिनाको नानी सहित एकै परिवारका चार सदस्यको मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार राती ९ बजेको समयमा भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको काठको दुइ तले घरमा आगलागि भएको थियो ।                 

रातको समयमा परिवारका सम्पूर्ण सदस्यहरु  सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ।

मृत्यु हुनेमा ३६ बर्षिय लक्ष्मन खनाल, ३० बर्षिय राधिका खनाल, ४ बर्षिय सुप्रिया खनाल तथा ३ महिनाका टिकाराम खनाल रहेका छन्।

आगलागी के कारणले भएको हो भन्ने प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ