arrow

कांग्रेस सात दशकदेखि नै दलित समुदायको अधिकार र संरक्षणमा

logo
रमेश विश्वकर्मा
प्रकाशित २०७५ मंसिर १० सोमबार
prakash-rasailee.jpeg

गुल्मी । प्रतिनिधि सभाका सांसद तथा नेपाल दलित संघका पूर्व महासचिव प्रकाश रसाईलीले दलित समुदायको अधिकार र संरक्षणका लागि नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको विचार व्यक्त गरेका छन् । 

सांसद रसाईलीले गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै दलित उत्थानमा नेपाली काँग्रेसले खेलेको भुमिका ७० वर्ष देखि नै समावेशिकरणको सिद्धान्त बमोजिम दलित, जनजाति र महिलाको उत्थानको लागि महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले बामपन्थी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दलित, जनजातिहरुको भोटले निर्वाचन जितेर उनीहरुलाई नै शोषण  गरिरहेको आरोप लगाए । उनले अब बन्ने नेपाली काँग्रेसको विधान नेतामूखी नभई कार्यकर्ता र देशको आवश्यकता बमोजिम अग्रगामी तथा प्रगतिशिल विधान निर्माण हुने विश्वास व्यक्त गरे । 

नेपाली काँग्रेस परिवर्तनको प्रमुख संवाहक भएको दाबी गर्दै ७० वर्षको इतिहासमा बामपन्थी दल र पञ्चायताी शासन व्यवस्थामा गर्न नसकेको परिवर्तनलाई नेपाली काँग्रेसले शान्तिपूर्ण ढङ्गबाट देशमा परिवर्तन ल्याएको विचार व्यक्त गरे ।

बीपी स्मृति भवन तम्घासमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, दलित संघ गुल्मीका जिल्लास्थित पदाधिकारीको समेत उपस्थित रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ