arrow

न्याय पाउन विप्लवको सहारा लिनुपर्ने हो ? 

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
rule-of-law.jpeg

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । गत साउन १० गते साथीको घरमा गएकी उनको शव ११ गते भेटियो । 

निर्मलाका बाबुआमा विक्षिप्त भए । सरकारलाई अपराधी पक्राउ गरी कार्वाह ीगर्न माग गर्दै काठमाडौंसम्म आए । प्रधानमन्त्रीलाई समेत भेटे । 

सरकारले आश्वासन दियो । केही सीप लागेन । धर्नामा बसे । १४ दिनमै थलिए । निर्मलाका बाबु यज्ञराज थप विक्षिप्त भए । 

उनी बर्बराउन थाले । चिच्याउन थाले । उनलाई मानसिक बिरामीको संज्ञा दिइयो । उपचारका लागि काठमडौं ल्याउन समस्या भयो । विमानले ल्याउन मानेन । गाडीबाट ल्याइयो । 

आइतबारदेखि उनी शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । जसकी छोरीको बलात्कारपछि हत्या भएको छ । जसले चार महिनादेखि न्याय नपाएर छछ्पटाएको छ । ऊ मानसिक रोगी नभएर स्वस्थ्य हुन सक्छ ? 

यज्ञराजको विक्षिप्त मनसंग राजनीति भयो । सरकारले हेप्यो । एनजीओ आइएनजीओले राजनीति गरे । सरकारले राजनीति गर्यो । 

सयौं निर्मलाका बाबुआमाले न्याय पाएका छैनन् । सरकार निकम्मा सावित भएको छ । न्याय खोज्न कहाँ जाने ? 

विप्लवले दियो सरकारलाई दनक 
न्याय नपाएकालाई न्याय दिने भन्दै नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई राजधानीबाटै हुंकारसहितको ठाडो चुनौती दिएको छ । 

शनिबार विप्लवको पार्टीले नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन दिवसको अवसरमा शक्ति प्रर्दशनसहित विशाल जनसभा गर्दै आफूले न्याय दिने बताएको हो । 

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ ले सामाजिक असुरक्षा बढेको र सरकार त्यसमा उदासिन बनेको आरोप लगाउँदै निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा सरकारका मन्त्रीहरुकै नातेदारको संलग्नता रहेको आंशका गदै निर्मलाको बलात्कार र हत्या प्रकरणको आफनै पार्टीले अनुसन्धान गर्ने र दोषी पत्ता लगाएर कारबाही गर्ने बताए । 

प्रकाण्डले खुलेआम भने, ‘हामी अब आफैँ अपराधीको अनुसन्धान गछौं र निर्मलाको बलात्कारी र हत्यारा पत्ता लगाएर कारबाही गछौं ।’ 

सशस्त्र द्धन्द्धका बेलामा तत्कालीन विद्रोही माओवादीले जनसरकार खडा गरेर ठाउँठाउँमा न्यायका नाममा फैसला गर्दथ्यो । न्याय निसाफ दिन्थ्यो । अपराधको नाममा कयौंलाई मार्यो पनि । 

त्यही पार्टीको संस्कारमा हुर्केको विप्लवको पार्टी अझै विद्रोहमै छ । परिमार्जित पार्टी अहिले सरकारमा छ । 

चुनौती फेरि जनसरकार गठन गर्ने रहेको छ । केपी ओलीको सरकार हेरिरहेको छ । तर जनता कता जाने ? 

न्यायमाथि हस्तक्षेप भइरहेको छ । विभिन्न भ्रष्टाचारविरुद्धको अभियानमा लाग्ने संस्थाहरु सबैभन्दा बढी भ्रष्टचार न्यायालयमै हुने बताउँछन् । 

सुशासन छैन । हत्याहिंसा बढेको छ । अब जनता कता जाने ? 

वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले अति नै भएर ट्वीटरमा लेखेका छन् ‘नेकपा चन्दले  निर्मलाका हत्यारालाइ सजाय दिने घोषणा। अब भन्नुस त्यो न्याय लिने कि नलिने ? बैधानिक संस्थाले हत्यारालार्इ सजाय नदिने हो भने न्याय माग्न चन्दजीको पार्टीमा निवेदन हाल्ने प्रवृत्ति बढ्ने खतरा हमेशा रहन्छ । कति पो भो र , माओवादीको जनअदालतमा पनि न्याय माग्न मान्छे जान्थे !’

जनसरकार खडा गरेको पार्टीले पटक पटक सरकारको नेतृत्व गरिसकेको छ । अहिले त्यही पार्टी सम्मिलित दल नेपालकै सबैभन्दा ठूलो दल छ । 

के अब जनअदालतकै भर पर्नु पर्ने हो ? के निर्मलाका बाबुको सहारा विप्लव बन्दैछन् ? के निर्मलाका हत्यारा अब सरकारले पत्ता लगाउँदैन ?

के वरिष्ठ प्रहरी अधिकारीको नेतृत्वमा गठित समितिको औचितय छैन ? के विप्लवको पार्टीले भनेझैं ओली सरकारले अपराधीलाई संरक्षण दिएको हो त ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ