arrow

पाल्पाको माथागढीमा वृद्व दम्पतीद्वारा आत्महत्या

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ मंसिर १० सोमबार
suside.jpg

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकामा  वृद्ध दम्पत्तिले झुण्डिएर आत्महत्या गरेका छन् । माथागढी गाउँपालिका–५, गोहेलुङका दम्पत्तिले घर नजिकैको जंगलमा आत्महत्या गरेका हुन् ।

 आत्मा हत्या गर्नेमा माथागढी गाउँपालिका–५, गोहेलुङककी  ६६ वर्षकी हरिसरा सारु र उनकै श्रीमान ७६ वर्षीय पूर्णबहादुर सारु रहेको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शनिबार दिउँसो वृद्ध दम्पत्ति नातिनी कल्पनासँगै आफ्नै खेत फोक्सिङछापमा दाई गर्न गएका थिए । शनिबार साँझ नातिनी सहित पूर्णबहादुर घर फर्केको बुहारी हलिसराले बताईन् ।सासूआमा हरिकला भने शनिबार साँझ घर फर्केकी थिईनन् । आईतबार बिहान पूनः पूर्णबहादुर खेतमा जान्छु भन्दै हिँडेका थिए ।

 आईतबार दिउँसो गाउँका स्थानीयले वृद्ध दम्पत्तिलाई मृत फेला पारेका हुन् । दुवै दम्पत्तिले जंगलको रुखमा सलले पासो लगाएर आत्महत्या गरेको बताईएको छ ।  श्रीमति हरिकलाले पासो लगाई आत्महत्या गरेको देखेर श्रीमान् पूर्णबहादुरले उक्त शल काटेर आफुले पनि आत्महत्या गरेको प्रारम्भिक रुपमा देखिएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।

वृद्ध दम्पत्तिको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा ल्याईएको छ  । आत्महत्या के कारणले भएको हो भन्ने खुल्लन नसकेको  सुचना अधिकारी घिमिरेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ