arrow

मोटरसाइकल दुर्घटनामा मगरको मृत्यु

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
bike-accident.jpg

बनेपा, मङ्सिर । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोको नमोबुद्ध नगरपालिका–२ बुच्चकोटमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काठमाडौँबाट भकुण्डेतर्फ गइरहेको को २८ प १३१४ नं को मोटरसाइकल अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ जिल्ला सानोपोखरा–७ बस्ने वर्ष ३९ को पूर्णबहादुर मगर घाइते भएको र धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु हो ।

प्रहरीका अनुसार सो मोटरसाइकललाई कुन सवारी साधनले ठक्कर दियो भन्ने कुरा खुल्न सकेको छैन । ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ