arrow

महेन्दनगर नगरविकास समिति बिरुद्ध अख्तियारमा मुद्दा दायर

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ मंसिर १० सोमबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

कञ्चनपुर ।  जमिन भाडामा दिएको विषयलाई लिएर महेन्दनगर नगरविकास समिति बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । करोडौँ मुल्य पर्ने नगरविकासको जमिन सस्तो भाउमा बिक्री वितरण एवम् लिजमा दिएको भन्दै अख्तियारमा बेनामी उजुरी परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कञ्चनपुर कार्यालयमा गत असोज अन्तिम साता उजुरी परेको थियो । नगर विकास जमिनको अवैध लिच घोटाला प्रकरणबारे  अख्तियार केन्द्र र जिल्लामा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालयका सुचना अधिकारी राजन नेपालले नगर विकासको जमिनमा भएको अनियमिता बारे पटक पटक अख्तियारमा उजुरी परेको बताए ।

 सुचना अधिकारी नेपालका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेन्द्रनगर नगर विकास समितिको जमिन लिच प्रकरणबारे प्रारम्भिक अनुसन्धान सकेर एडभान्स अनुसन्धानको चरणमा पुगेको छ । ‘हामीले सबै डकुमेन्ट लिएका छौँ, ‘सुचना अधिकारी नेपालले भने, ‘यहाँबाट पुरै कम्पाईल गरेर थप केन्द्रमा पठाएका छौँ ।’ जिल्ला र केन्द्रले मुद्दा हेरिरहेको उनले बताए । उनका अनुसार उजुरी अनुसार ठोषि भेटिए कार्बाहीका लागि विषेश आदालतमा मुद्दा दायर गरिने छ ।

महेन्द्रनगर नगर विकास समितिको जमिन भाडामा दिदा आर्थिक अनियमिता भएको भन्दै नगर विकास बिरुद्ध पटक पटक उजुरी गरेपनि अख्तियारले खासै कार्बाही प्रकृया अघि बढाएको छैन् । अख्तियार कञ्चनपुरले कार्यालय भवन निर्माणका लागि नगर विकास समितिबाटै भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको झण्डै एक विगाह जमिन पाएपछि अख्तियारलाई नगरविकास बिरुद्ध कार्बाही गर्न नैतिक संकट परेको कतिपयको बुझाई छ ।

गत कार्तिक दोस्रो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालय भवन उद्घाटन गर्न महेन्द्रनगर पुगेको आयोगका अध्यक्ष नविन घिमिरेले महेन्द्रनगर नगरविकास समितिको जमिन लिच प्रकरणबारे चासो दिएका थिए । तत्तकालिन सरकारले नगर विकास कार्यायोजना बनाएर ६ सय ३८ विगाह जमिन विकास समितिलाई हस्तान्तरण गरेको थियो । जसमध्ये अधिकाँस नगर विकास समितिका अध्यक्षले आफुखुसी प्रकृया पुर्‍यार्ई नपुर्‍याई बिक्रि वितरण एव लिचमा लगाउदै आएका थिए । ६सय ३८ विगाह जमिन मध्ये अब केही विगाह मात्रै बाँकी छ ।

 नगर विकास समितिको जग्गा घोटालाका विषयमा गत बर्ष छानबिनका लागि गठित उच्चस्तरिय जाँचबुझ आयोगले समेत समितिलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन सार्वजनिक नगरिपनि अध्यक्षकै तोकादेशमा १ सय ४३ जनालाई जमिन वितरण गरिएको छ ।

भीमदत्त नगरपालिकाले नगर विकास समितिको जमिनमा भवन निर्माण  कार्य रोक्नका लागि पटक पटक प्रयास गर्दा पनि काम रोकिएको छैन् । नगर विकास समितिका अध्यक्ष सुरेन्द्र विष्टले आफ्नो कार्यालयमा काम रोक्का गरेको बताएका छन् ।

 भीमदत्त नगरपालिका–५ बनखेत औद्योगिक क्षेत्र घोषणा गरिएपनि उक्त क्षेत्रमा समेत व्यक्तिगत घर निर्माण भएका छन् । उद्योग स्थापना क्षेत्रमा घरैघर भएपनि उद्योग धरासायी बनेका छन् । राजनीतिक नियुक्तका आधारमा समितिका अध्यक्ष र सोही अनुसार सदस्य नियुक्त गर्ने प्रवृतिका कारण उनीहरुले आर्थिक, राजनीतिक र साँस्कृतिक पहुँचका आधारमा जमिन दोहन गर्दै आएका छन् । लिजमा लिएका जमिनमा ठुलठुला घर निर्माण गरिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ