arrow

कांग्रेस नेताविरुद्ध फैलाइएको हल्ला निराधार भएको भन्दै निकालियो दुई विज्ञप्ति

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ मंसिर १० सोमबार
bigyapti.jpg

पुनर्वास ।  कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलडाँडी सभापती हर्कदेव जोशी विरुद्ध अविश्वास प्रस्ताव पेश भएको भन्दै फैलाइएको हल्ला निराधार भएको भन्दै नेपाली कांग्रेस र महाकाली सिंचाइ जल उपभोक्ता संघ द्वितीय चरण क्षेत्रीय समितीले सोमबार  बेग्लाबेग्लै प्रेस विज्ञप्ति प्रकाशित गरि बिरोध जनाएका छन् ।
 
नेपाली कांग्रेस बेलडाँडीका सभापती समेत रहेका जोशी महासचिव रहेको महाकाली सिंचाइ जल उपभोक्ता संघमा उनी विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको भन्ने हल्ला चलाएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालिएको हो ।

महाकाली सिंचाई जल उपभोक्ता संघ द्वितीय चरण बेलडाँडीका महासचिव हर्कदेव जोशीका विरुद्ध अबिश्वासको प्रस्ताव आएको कपोकल्पित निराधार सुचना प्रवाह गरि अफवाह फैलाईएको प्रती समितिको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष बिरबहादुर बडवाल द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा भनिएको छ । साथै संस्थाको उदेश्य प्राप्तिका लागि अनवरत कृयाशिल पदाधिकारीलाई बदनाम बनाउन पुर्वाग्रही रुपले नियोजित कार्यको भत्सर्ना गरिएको अध्यक्ष बडवाल द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 
यसै गरि सोमबार नै विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस बेलडाँडीले समेत भत्सर्ना गरेको छ । नेपाली कांग्रेस बेलडाँडीका सभापति हर्कदेव जोशी माथी महाकाली सिंचाई जल उपभोक्ता संघमा मंसिर ७ गते अबिश्वासको प्रस्ताव पेश भएको भन्ने समाचार फैलाइ राजनैतिक पुर्वाग्रही कार्य विरुद्ध हाम्रो गम्भीर ध्यानाकर्षण भएको र कपोकल्पित निराधार समाचार राजनैतिक चरित्रहत्या गर्ने मनशायले आएको ठहर गर्दै भत्सर्ना गर्दछौ भनि नेपाली कांग्रेस बेलडाँडीका सचिब गजबहादुर बिष्ट द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

कांग्रेस नेता कार्यकर्ताहरुलाई बदनाम गर्दै लोकतान्त्रिक शक्ति लाई कमजोर बनाउने अभिप्रायबाट सुनियोजित रुपमा आएको हल्लाको घोर  भत्सना कांग्रेस बेलडाँडी सचिब बिष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ