बालुवा चालेर गुजरा गर्ने असारमायाले पाठेघरको उपचारपछि पाइन् नयाँ जिवन
प्रकाशित २०७५ मंसिर १० सोमबार
374
Shares
धनकुटा । आर्थिक अभावका कारण उपचार गर्न नसकी पाठेघर सम्बन्धी जटिल रोगले थलिएकी असार माया राईलाई उपचारपछि सोमबार धनकुटाको मुलघाट स्थित बृद्धाश्रममा राखिएको छ ।
धनकुटाको साँगुरीगढि गाउँपालिका ४ उखुडाँडाँकि ६५ बर्षिय असारमाया राईको गत कार्तिकमा धनकुटा अस्पतालमा संचालित अलोहा मेडिकल मिसनको सहयोगमा शल्यक्रिया स्वास्थ्य शिविरमा पाठेघरको नि:शुल्क उपचार गरिएको थियो । शल्याकृयापछि एकमहिनासम्म जिल्ला अस्पताल धनकुटाको निगरानिमा राखेर विश्रान्ति स्थित बृद्धाश्रममा बसोबासको ब्यबस्था मिलाइएको शिविर व्यवस्थापन तथा संचालन समितिका संयोजक तथा समाजसेवी रोशेष श्रेष्ठले वताए ।
राई लेउती किनारको छाप्रोमा बसि बालुवा चालेर गुजरा गर्दै आएकी थिइन् । संरक्षण गर्ने सन्तान र आफन्त सम्पर्कमा नरहेकाले मुलघाट स्थित विश्रान्ति बृद्धाश्रममा बसोबासको ब्यबस्था मिलाइएको नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाईले वताए । सहारा विहिन राइलाई सोमबार विश्रान्ति बृद्धाश्रम ब्यबस्थापक कमला शर्माको जिम्मा लगाइएको र विश्रान्ती मन्दिरले उहालाई खान वस्नको व्यवस्था गरेको शिविर व्यवस्थापन तथा संचालन समितिका सचिव विजय सन्तोषी राईले वताए ।
सवैकको सहयोगमा गरिव तथा असाहय असारमाया राईको शिविरमा शल्यक्रिया गरी विश्रान्ती मन्दिरमा आज उनलाई पुर्याएर सधैका लागी वस्ने व्यवस्था गरिएकोले उनलाई नयाँ जिवन दिएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष तथा शिविर प्रचार प्रसार समितिका संयोजक राजेश्वर वहादुर श्रेष्ठले वताए ।
धनकुटका समाजसेवी रोशेष श्रेष्ठ,विजय सन्तोषी राई, दोर्ण गुरागाई, पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ , सशस्त्र प्रहरी ६ नम्वर गुल्म धनकुटाका डि.एस.पी बालकृष्ण श्रेष्ठ,प्रहरी निरीक्षक जितेन्द्र बस्नेतको पहलमा लामो समयदेखि पाठेघरको जटिलसमस्या झेल्दै आएकी असारमाया राइको उपचार संवभ भएको हो । उनले सहयोगबाट आफुले उपचारपछि नया जिवन पाएको वताइन ।