काठमाडौँ । गरिबी निवारण कोषका नवनियुक्त उपाध्यक्ष निर्मल कुमार भट्टराईले सोमबार पदबहाली गरेका छन् । कोषको कार्यालय, ताहाचल पुगि उपाध्यक्ष भट्टराईसंगै कोषका कार्यकारी निर्देशक तथा नेपाल सरकारका सहसचिव छबि रिजालले पदभार ग्रहण गरे ।
पदबहालीपछि संक्षिप्त कुरा गर्दै उनले कोष भित्र रहेको भ्रष्टाचार र व्यथितीलाई समाप्त गर्दै गरिब जनताका पक्षमा काम गर्ने बताए । उनले भने, ‘कोष अब नयाँ ढंगले अघि बढ्छ । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’
तेह्रथुमका स्थायी बासिन्दा भट्टराई लामो समयदेखी राजनीतिका साथै शिक्षण तथा विकास निर्माणका क्षेत्रमा क्रियाशिल छन् । अंग्रजीमा स्नातकोत्तर गरेका उनी सक्तारुढ नेकपाका केन्द्रीय सदस्य समेत हुन ।
यस्तै कार्यकारी निर्देशक रिजाल भूमिसुधार, गरिबी निवारण तथा सहकारी मन्त्रालयका सहसचिव हुन । भट्टराई र रिजाल दुबैलाई कोषका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लक्ष्य तथा कोषको उद्देश्य अनुसार पारदर्शि ढंगले काम गर्न निर्देशन समेत दिएका छन् ।