arrow

सरकारले जनमुखी काम गर्न सकेन – महामन्त्री कोइराला

logo
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
sashank-koi-mn.jpeg

दमक । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले संविधान कार्यान्वयन र जनमुखी कार्य गर्न नसकेको आरोप लगाएका छन् । 

उनले वर्तमान सरकार सच्चिएर देश र जनताका पक्षमा काम गर्छ भने त्यसमा काङ्ग्रेसले साथ र सहयोग गर्नेसमेत बताए ।

महामन्त्री कोइरालाले झापाको दमकमा सोमबार साँझ पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको नौमहिने कामबाट जनतामा आशाभन्दा निराशा छाएको छ भने । 

उनले काङ्ग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको छ भन्दै काङ्ग्रेस एक ढिक्का भए मात्र देश बलियो हुन्छ भने । महामन्त्री कोइरालाले काङ्ग्रेस व्यक्तिवादी गुटगत स्वार्थमा फसेको चर्चा गर्दै अब त्यसलाई चिरेर युवाहरु नेतृत्व तहमा स्थापित हुनुपर्छ भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ