काठमाडौं । महिलालाई घर नै असुरक्षित भएपछि कहाँ जाने ? एक तथ्यांक अनुसार गत वर्ष विश्वभर जति महिलाको हत्या भयो त्यसमध्ये आधा बढी घटनामा अपराधी पार्टनर वा परिवारका सदस्य थिए ।
यस्तो छ तथ्यांक
संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार विश्वभर महिलाका लागि सबैभन्दा बढी खतरनाक स्थल घर नै हो ।
–विश्वभर प्रत्येक घण्टा ६ महिलाको हत्या महिलाका नजिककाबाटै हुने गरेको छ ।
–सन् २०१७ मा प्रत्येक दिन १३७ महिलाको उनकै परिवारका सदस्यले हत्या गरेका थिए ।
सन् २०१७ मा ८७ हजार महिलाको हत्या भयो । त्यसमा ५० हजार महिलाको हत्या आफन्तले गरेका थिए । त्यसमा पनि उनका पति वा प्रेमीले मारेको संख्या ३० हजार छ ।
महिलाको हत्याको मुख्य कारण लैंगिक असमानता, भेदभाव र रुढीवादी परम्परा रहेको छ ।
विश्वभर एक लाख महिलामा १.३ प्रतिशत महिलाको हत्या हुने गरेको छ । सबैभन्दा बढी आफन्तबाट हत्या अमेरिका र अफ्रिकामा हुने गरेको छ ।
अफ्रिकामा एक लाखमा हरेक वर्ष ३.१ प्रतिशत, अमेरिकामा १.६, ओसिनियामा १.३, एसियामा ०.९ र युरोपमा ०.७ प्रतिशत महिलाको हत्या हुने गरेको छ ।
यस्ता अपराध रोक्नका लागि महिलाको सुरक्षा बढाउने र उनीहरुलाई सक्षम बनाउन जरुरी देखिएको छ । त्यसैगरी सुरक्षाकर्मी र कानुनी व्यवस्थामा सामन्जस्य हुनुपर्नेमा जोड दिइएको छ ।