arrow

कार्यालय सहयोगीको भरमा इलाका प्रशासन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
ilaka_parsasan.jpg

स्याङ्जा । साविक ३० गाविसका जनतालाई सेवा प्रवाह गर्दै आएको इलाका प्रशासन कार्यालय सहयोगीको भरमा काम गर्दै आएको छ । कर्मचारीको अभाव भएपछि कार्यालय सहयोगीको भरमा जनताको सेवा प्रवाह गर्न इलाका प्रशासन बाध्य भएको हो ।

 भदौ १ गतेबाट नायव सुव्वाद्वय नारायण पौडेल, सुकदेव अर्यालले अवकास लिएपछि अहिलेसम्म इलाका प्रशासन कार्यालयमा कुनै कर्मचारी नपठाउदा कार्यालय सहयोगीको भरमा सेवा प्रवाह गर्न बाध्य भएको कार्यालयले जनाएको छ । शाखा अधिकृत सहित ३ नायव सुव्वा, १ कम्प्युटर अपरेटर, १ सह लेखापाल र २ कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासनमा हाल १ नायव सुव्वा, २ कार्यालय सहयोगी र एक शाखा अधिकृत कार्यरत रहेका छन् ।

सहयाक लेखापाल प्रदेशमा सरुवा र अर्का नायव सुव्वा कास्की जिल्ला प्रशासनमा सरुवा भएपछि अहिले सम्म कर्मचारी नपठाउदा काममा असहजता भएको कर्मचारीहरु बताउछन् । जिल्ला प्रशासन कार्यालय बाट भन्दा इलाका प्रशासन कार्यालयबाट सेवा लिने संख्या बढी भएपनि गृहमन्त्रालयले कर्मचारी खटाइदिएको छैन ।

इलाका प्रशासनमा कर्मचारी नहुदा कार्यालय सहयोगीको भरमा जनताको काम गर्न बाध्य भएको इलाका प्रशासन कार्यालयका प्रमुख दामोदर शर्माले बताए । प्रमुख जिल्ला अधिकारी र मन्त्रालयमा जानकारी गराएका छौं प्रमुख शर्माले भने,“ जनताको सेवामा कुनै कसुर बाकी नराखेर सेवा दिएका छौ अव केही दिनमा कर्मचारीको व्यवस्थापन हुनेछ ।” दशै र तिहार विदामा जनताको चाप बढेका बेला नगरपालिका र नापी कार्यालयबाट कर्मचारी ल्याएर सेवा दिएका थियौं शर्माले भने । दिर्घकालिन र दिगो समस्याका लागि छिट्टै दरबन्दी अनुसारका कर्मचारी रहने गरी अगाडी बढेको उनले बताए ।
 
कार्यालयले साउन देखि १ हजार ५ नयाँ नागरिकता र ४ सय ७८ प्रतिलिपि, शंसोधन नागरिकता वितरण गरेको छ । १ हजार ८९ राहदानी सिफारी गरेको कार्यालयले ४९ लाख ७२ हजार ५ सय राजस्व संकलन गरेको छ । अहिले प्रशासनले वालिङ, गल्याङ, चापाकोट नगरपालिका र कालीगण्डकी गाँउपालिका पुरै वडा र भीरकोट नगरपालिका, विरुवा, हरिनास गाँउपालिकाका केही वडाका जनतालाई सेवा दिदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ