arrow

सुजाता निवासमा देउवा असन्तुष्टहरुको गठबन्धन

logo
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
sujata-niwas.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट नेपाली कांग्रेसका नेताहरु कांग्रेस नेतृ सुजाता कोइरालाको निवास मन्डिखाटारमा बैठक बसेका छन् । मंगलबारको बैठक यसअघि पनि पटक पटक बस्दै आएको बैठकको निरन्तरताको क्रममा कांग्रेस नेताहरु कोइराला निवासमा जम्मा भएका हुन् ।  

बैठकमा नेपाली कांग्रेसका नेताहरु कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुन नरसिंह केसी,  सुजाता कोइराला, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेल  ,बलबाहादुर राई लगायतका नेताहरुको उपस्थीति रहेको थियो ।

 बैठकमा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले  नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिमा विधान पेशभएपछि सबैको कुरा सुनेर जान र निर्णय गर्न सुझाए । उनले भने, 'केन्द्रिय कार्यसमितिमा विधान पेशभएपछि सबैको कुरा सुनेर निर्णय गरौ ।'

नेता रामशरण महतले गुटको कुरा नगरि एजेण्डा बनाएर जानु पर्ने बताए । उनले भने, 'एजेण्डा बनाएर जाऔ महासमितिमा जानु भन्दा अघि विधानको बैठकमा कार्यनयन होस् सवैसँग सल्लाह गरेर जानुपर्छ ।'

अर्का नेता अर्जुननरसिंह केसीले निश्चित एजेण्डा बनाएर पार्टी एक बनाउने कुरामा जानुपर्नेमा जोड दिए । जिल्ला पार्टी सभापतिहरुको भेला देखि महासमितिको भेला गरेर भाषण मात्र हुने हो भने अर्थ छैन भन्दै उनले ' सरकारको विरोध देखि सबै सामाजिक मुद्दामा मनपरितन्त्र छ यसको विरोध गर्नुपर्छ ' भने ।

त्यस्तै नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको दुई तिहाई र सभापति  शेर बहादुर देउवाको बुहुमतले कमजोर हुनु नहुने बताए ।  उनले भने  'बाहिर प्रतिक्रिया बुझ्दा सरकार निराश छ । त्यतिकै कांग्रेसको नेतृत्वको भुमिका पनि निरुत्साहित छ । हामी कोही पनि नहारिकन सबै कांग्रेसले जित्ने गरि र देशको हितमा जानुपर्छ । बढि जिम्मेवार भएर लड्नुपर्छ ।' 

 

नेता चन्द्र भण्डारीले पटक पटक बैठक बसेर ५२ पृष्ठको कार्यपत्र ल्याएको सम्झदै भने 'विचार चिन्तन गरेर जाँउ . नेता हु भनेर कम्पिटिशन नगरौ ।  म भन्दा २ बर्ष कम उमेरमा शेरबहादुर २ चोटी प्रधानमन्धी हुनुभयो । सबै मिलेर जाँउ कसैले कसैलाई नफुटाएर जाँउ ।'

नेता धनराज गुरुङले आफुहरु एकजुट नैभएको र यो पाराले राजा नफालिने बताए । उनले भने 'सिनियर लिडरहरुसँग गफ भयो राम्रो भयो ।'

 नेता गुरु घिमिरेले कांग्रेस पार्टीलाई हतियार बनाएर आफ्नो मिसन पुरा ध्याय भएकाहरु रहेको बताए । उनले भने , 'यसलाई कसरी अन्त्य गर्ने । कुनै नेता विशेषको लहडमा महासमिति बैठक हुदैन ठुक्क हुनुहोस् ।'

नेता प्रदिप पौडेलले  विधान मस्यौदा र असहमतिको पनि बुदा रहेको बताए । उनले 'निर्वाचनको १५ प्रतिशत मात्रै मनोनित हुनुपर्छ हाम्रो संचारमाध्यम, सामाजिक सञ्जालमा चर्चा मात्रै भयो रणनीतिमा कमजोर छ । अब रणनीति बनाएर जानुपर्छ ।'

 त्यस्तै नेता बलबाहादुर केसीले कांग्रेस एक बनाउने प्रस्ताव गर्न नभए बैकल्पीक प्रस्ताव गर्न सुझाए । उनले भने,'मुद्दा हामिले जित्ने जश शेरबाहदुर जीले पाउने टिम दरो हुनुपर्‍यो किनवेच गरेर टिकटको करोवारसम्म सुनियो ।'

कांग्रेस नेतृ कोइरालाले यसरी नै बैठकलाई निरन्तरता दिनुपर्ने बताइन् । बैठकले विधानको बिषयमा एजेण्डा बनाएर जानुपर्ने निष्कर्ष निकलेको थियो । बैठकमा नेपाली कांग्रेस पार्टी कसरी राम्रोसँग चलाउन सकिन्छ भनेर छलफल भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ