arrow

कांग्रेस जिल्ला सभापतिको बैठक ककनीमा

logo
प्रकाशित २०७५ मंसिर ११ मंगलबार

काठमाडौँ । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठक नुवाकोटको ककनीमा हुने भएको छ ।

कांग्रेसको मङ्सिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन मङ्सिर १२ र १३ गते ककनीमा बैठक हुन लागेको हो । कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट कांग्रेसको आयोजनामा बैठक बस्न लागेको जानकारी दिए।

“कांग्रेसको विधान संशोधन समितिमा रहनुभएका कांग्रेस रोल्पा सभापति अमरसिंह पुन र ललितपुर सभापति मदन अमात्यसँग विधान प्रस्तावनाका बारेमा छलफल गरेर देशैभरिका कांग्रेस सभापतिहरुको समान धारणा बनाउँछौँ,” उनले भने। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने उनको भनाइ थियो ।

नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र रहेको गुटउपगुट अन्त्य गर्नेबारे सभापतिको बैठकमा छलफल हुने बताए । बैठकमा पार्टीले महासमिति बैठकमा दिने रायबारे छलफल हुने उहाँको भनाइ छ । यस्तै महासमितिको बैठकमा राख्ने कुराबारे समान धारणा बनाउन नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला धादिङको गजुरीमा मङ्सिर १४ र १५ गते हुन लागेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ